३ असार २०८२, मंगलवार
हामी संविधान कार्यान्वयनमा केन्द्रित छौं ः प्रचण्ड

गुल्मी, १ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले आफुहरु संविधान कार्यान्वयनमा केन्द्रित रहेको बताउनु भएको छ । बिहिबार मालिका गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको उद्घाटन गर्दै दाहालले संविधान बनाउने बेलादेखि नै विभिन्न बहस जारी रहेको भन्दै संविधानले निर्दिष्ट गरे अनुसारका ऐन कानुन बनाएर प्रदेश र स्थानीय तहलाई अझ बलियो बनाउनुपर्ने आवश्यकता औल्याउनुभयो ।
उहाँले गाउँगाउँमा सिंहदरबार आइपुग्यो भनेर मात्रै नहुने भन्दै जनताले पनि जागरुकता बढाउन जरुरी रहेको बताउनुभयो । स्थानीय तहले सुशासन र न्यायको क्षेत्रमा काम गर्नुपर्ने भन्दै कृषकहरुको उन्नती र प्रगतिका रचनात्मक काम गर्न स्थानीयतहलाई आग्रह गर्नु भएको थियो ।
पूर्व प्रधानमन्त्री दाहालले सरकार उल्टो बाटोमा हिडेको टिप्पणी समेत गर्नुभएको छ । उहाँले सरकारले प्रदेश र स्थानीय तहलाई दिदैँ आएको समानीकरणको बजेट कटौती गर्न लागेको बताउनु भयो । सरकारले समानीकरणको बजेट बढाउनुपर्नेमा उल्ल्टो घटाउन लागेको भन्दै सरकार उल्टो बाटोमा हिडेको टिप्पणी गर्नुभएको हो ।
गुल्मीमा आउँदा आफूलाई पहिलेको गठबन्धन कायमै रहेको जस्तो अनुभूति भएको उहाँको भनाइ छ । प्रशासकीय भवन उद्घाटन कार्यक्रममा सर्वदलीय राजनीतिक दलहरुको उपस्थिति रहेकाले आफूलाई खुसी लागेको उहाँले बताउनुभयो । सिंहदरबारको अधिकार गाउँटोलमा भन्ने माओवादीको एजेन्डाले अहिले सार्थकता पाएको बताउँदै उहाँले जनतालाई सेवा पनि सहज र सरल रुपमा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।
सिंहदरबारको अधिकार गाउँटोलमा भन्ने माओवादीको एजेन्डाले अहिले सार्थकता पाएको बताउँदै उहाँले जनतालाई सेवा पनि सहज र सरल रुपमा प्रवाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । गुल्मीमा आउँदा आफूलाई पहिलेको गठबन्धन कायमै रहेको जस्तो अनुभूति भएको उहाँको भनाइ छ । प्रशासकीय भवन उद्घाटन कार्यक्रममा सर्वदलीय राजनीतिक दलहरुको उपस्थिति रहेकाले आफूलाई खुसी लागेको उहाँले बताउनुभयो ।
गाउँपालिकाका अध्यक्ष देविराम अर्यालका अनुसार नवनिर्मित प्रशासकीय भवन सात करोड ६७ लाख लागतमा तयार भएको हो । सोही अवशरमा बिहिबार बिहान प्रचण्डले मालिका गाउँपालिकामा निर्माण गरिएको मालिका शान्ति पार्क र हेलिप्याडको पनि उद्घाटन गर्नुभएको थियो ।
यस्तै पूर्वप्रधानमन्त्री दाहालले आजै धुर्कोट गाउँपालिकामा निर्माण गरिएको शहिद पार्कको समेत उद्घाटन गर्नुभएको छ । मालिका गाउँपालिकाले सो अवसरमा बरिष्ठ कलाकार बम बहादुर कार्की, प्रशासकीय भवन निर्माण गर्ने निर्माण व्यवसायी हरिकुमार श्रेष्ठ र गाउँपालिकाको प्रतिक चिन्ह (लोगो) डिजाइनर घनश्याम पराजुलीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा पूर्वमन्त्रीहरु चक्रपाणी खनाल, रामकुमारी झार्की, नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले शुभकामना मन्तव्य राख्नुभएको थियो । गाउँपालिका उपाध्यक्ष उपेन्द्र अर्यालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन वुद्धिसागर अर्यालले गर्नुभएको थियो ।