८ बैशाख २०८२, सोमबार
कृष्ण रेग्मी हेलसिन्की काउन्टी मेम्बरमा विजयी — नेपाली समुदायको पक्षमा ऐतिहासिक सफलता

हेलसिन्की, फिनल्यान्ड — फिनल्यान्डको राजधानी हेलसिन्कीमा भएको स्थानीय चुनावमा नेपाली मूलका समाजसेवी कृष्ण रेग्मी ऐतिहासिक रूपमा विजयी हुनुभएको छ। उहाँले सोसल डेमोक्र्याटिक पार्टी (SDP) को तर्फबाट उम्मेदवारी दिनु भएको थियो।
८६५ मत प्राप्त गर्दै रेग्मी हेलसिन्की नगरपालिकाको काउन्टी मेम्बर (नगर सदस्य) मा निर्वाचित हुनुभएको हो। अग्रिम मतदानमा ६०६ र अन्तिम मतदानमा थप २५९ मत प्राप्त गरी उहाँ ८२ सदस्यमध्ये १५औं स्थानमा रहन सफल हुनुभयो। यो निर्वाचनमा एसडीपी पहिलो पार्टी बनेको छ, जसले २१ सिट जितेको छ।
झापामा जन्मिएका कृष्ण रेग्मी विद्यार्थी भिसामा २००८ मा फिनल्यान्ड जानुभएको थियो। त्यगा गएपछि उहाँ उच्च शिक्षाका साथै सामाजिक सेवामा पनि सक्रिय रहनुभयो। शिक्षा, समानता, सामाजिक न्याय र आप्रवासी नेपाली समुदायको हकहितमा निरन्तर लागिपर्नु भएका रेग्मीले अहिले त्यो संघर्षलाई नेतृत्वमा रूपान्तरण गर्न सफल हुनुभएको छ।
फिनल्यान्डमा विदेशी नागरिकले त्यहा बसोबास गरेको कम्तीमा दुई वर्ष पुगेपछि स्थानीय चुनावमा भाग लिन पाउने कानुनी व्यवस्था छ। यस्तो सुविधा भएको विश्वका थोरै मुलुकमध्ये फिनल्यान्ड एक हो।
कृष्ण रेग्मीको यो जित नेपाली नयाँ वर्षको अबसरमा परेकोले फिनल्यान्डमा रहेका करिब ११ हजार नेपालीहरूका लागि यो अवसर अझ विशेष बन्यो। यो जित नेपाली समुदायको एकता, चेतना र सही निर्णयको प्रतिबिम्ब भएको स्पष्ट देखिएको छ।