८ जेष्ठ २०८२, बुधबार
प्रथम नौमति बाजा युकेद्वारा आशा अपाङ्ग केन्द्रलाइ सहयोग हस्तान्तरण

गुल्मी, ९ वैशाख । वेलायतमा रहेको प्रथम नौमति बाजा गुल्मी युकेले गुल्मी जिल्लामा रहेको आशा अपाङ्ग केन्द्रलाई ५५ हजार पाँच सय ५५ रुपैंया सहयोग हस्तान्तरण गरेको छ । संस्थाको १५ औं बार्षिकोत्सब एवं नयाँ वर्ष २०८२ को अवसरमा नौमति बाजाद्वारा आशालाई उक्त रकम सहयोग गरिएको हो ।
स्थापना कालदेखि प्रथम नौमति बाजाले आफ्नो वार्षिकोत्सवको अवशरमा रकम सङ्कन गरी लामो समयदेखि जिल्लामा अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको आशा अपाङ्ग केन्द्रलाई प्रत्यक वर्ष सहयोग गर्दै आएको छ । उक्त रकम नौमती बाजा समुहका सदस्यहरु इन्द्र ढँेगा मगर र पदम गुरूङ्ले आशा अपाङ्ग केन्द्रका व्यवस्थापक अमृत रसाईलीलाई एक कार्यक्रमका बीच हस्तान्तरण गर्नु भएको थियो ।
नेपाल बाहिर रहेर पनि पहिलो नौमती बाजा समुहले वेलायतमा पनि नेपालको कला संस्कृतिको जगेर्ना गर्दै आईरहेको छ । लोपोन्मुख एवं पौराणिक महत्वको नौमती बाजाको संरक्षण गर्दै विदेशमा पनि नेपाली संकृतिको जगेर्ना गर्ने मुख्य उद्देश्यले रहेको संस्थापक एवं संरक्षक ओम थापा काउचाले बताउनु भयो ।
विदेशमा रहेर पनि जिल्लाका असहाय तथा अपाङ्गताको क्षेत्रमा प्रथम नौमती बाजा युकेलाई निरन्तर सहयोग गर्दै आएकामा आशा अपाङ्ग केन्द्रको तर्फबाट व्यवस्थापक रसाईले धन्यबाद सहित आभार व्यक्त गर्नु भएको थियो ।