लायन्स क्लबद्वारा बिरामीहरुको लागि प्रतिक्षालय निर्माण 

admin

२०८२ बैशाख ९ गते, मंगलवार १७:५८ मा प्रकाशित

गल्मी, ९ वैशाख । गुल्मीकोे सदरमुकाम स्थीत आँखा उपचार केन्द्र तम्घासमा लायन्स क्लबको सहयोगमा प्रतिक्षालय निर्माण गर्न शुरु गरिएको छ । लायन्स ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपाल लायन्स फाउण्डेशनको सहयोगमा आँखा उपचार केन्द्रमा सेवाग्राहीहरुको बिश्राम स्थलका लागि प्रतिक्षालय निर्माण गर्न शुरु गरिएको हो ।

प्रतिक्षालयको मंगलबार लायन्सका निवर्तमान डिस्ट्रिक गर्भनर भिमलाल पौडेलले शिलान्यास गर्नुभएको थियो । सामाजिक उत्तरदायीत्व अन्तरगत संस्थाद्वारा स्थानीय संस्थाको माग र आवश्यकताका आधारमा उक्त प्रतिक्षालय निर्मामाण गर्न शुरु गरेको निवर्तमान डिस्ट्रिक गर्भनर पौडेलले बताउनु भयो ।

आँखा उपचार केन्द्रमा आउने बिरामीहरुको बढ्दो चापका कारण बिरामी बिश्राम स्थलको अभावमा उभिएर सेवालिनु पर्ने अबस्था भएकोहुँदा संस्थाको आग्रहमा लायन्सद्वारा उक्त प्रतिक्षालय निर्माण गर्न सहयोग गरेको नेपाल नेत्रज्योती संघ गुल्मीका सभापति अखिलेश्वरप्रसाद पाण्डेले बताउनु भयो ।

लायन्स क्लब अफ गुल्मी–तम्घास, लायन्स क्लब अफ तम्घास–रेसुङ्गा, लायन्स क्लब अफ काठमाण्डौ–रेसुङ्गा एवं लायन्स क्लब अफ काठमाडौं–गुल्मीको सहयोगमा चार लाख रुपैंयाको लागतमा प्रतिक्षालयको निर्माण कार्य शुरु गरिएको हो ।

लायन्सले दुइ वर्षको अवधिमा जिल्लामा अग्नी पीडित, पहिरो पीडित, कोभिड पीडित, शिक्षा, स्वास्थ्य एवं पर्यटन प्रवद्र्धन लगायतका क्षेत्रमा हालसम्म एक करोड भन्दा बढीको सहयोग गरेको लायन्स क्वल अफ गुल्मी तम्घासका पुर्व अध्यक्ष इस्वरीप्रसाद कँडेलले जानकारी दिनुभयो ।