पौडी खेल्ने क्रममा डुबेर वालकको मृत्यु

admin

२०८२ बैशाख २९ गते, सोमबार ०९:०९ मा प्रकाशित

गुल्मी, वैशाख २९ । गुल्मीमा पौडी खेल्ने क्रममा डुबेर एक वालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको मुसिकोट नगरपालिका –६ स्थीत भुवाचिदी निवासी १७ वर्षीय ग्रिष्म शर्मा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक गंगा बहादुर सारुले जानकारी दिनुभएको छ ।

उनी तीन जना साथीहरुसँगै आईतबार दिउसो पौडी खेल्न साथीसँगै छल्दी खोलामा गएका थिए । पौडी खेल्दा खेल्दै उनी अचानक खोलामा डुबेर बेपत्ता बनेका थिए । खोलामा डुबेको जानकारी प्राप्त भएपछि शर्मालाई खोजतलासको लागि स्थानीय वामीटक्सार प्रहरी चौकीबाट प्रहरी नायव निरिक्षक प्रकाश साहीको नेतृत्वमा खटिएको थियो ।

प्रहरी टोलीले शर्मालाई आईतबार बेलुकी खोलामा डुबेको अबस्थामा मृत फेला पारेको प्रहरी नायव उपरिक्षक सारुले बताउनु भयो । घटना स्थल मुसिकोट नगरपालिका स्थित वामीटक्सारबाट दश किलोमिटर उत्तरमा पर्दछ ।