ललितपुर महानगरपालिकाका मेयर महर्जन मितेरी गाउँ गुल्मीको मालिकामा

admin

२०८२ जेष्ठ ३ गते, शुक्रबार १८:०० मा प्रकाशित

गुल्मी, २ जेठ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन मितेरी गाउँ गुल्मीको मालिका गाउँपालिका आउनु भएको छ । महर्जन मालिका गाउँपालिका –४ स्थीत अर्खबाङ्को पिस पार्कमा निर्माण गरिएको मालिका भगवती मन्दिरको उद्वघाट्न गर्न गुल्मी आईपुग्नु भएको हो ।

ललितपुर महानगरपालिका र गुल्मीको मालिका गाउँपालिका बीच भगेनी सम्बन्ध स्थापन भएपछि ललितपुर महानगरपालिकाले मालिका गाउँपालिकालाई दुई आर्थिक वर्षमा ७० लाख रुपैयाँ सहयोग प्रदान गरेको थियो । उक्त सहयोग अन्र्तगत महानगरपालिको ७० लाख र स्थानीय जनश्रमदान दश लाख गरि कुल ८० लाख लागतमा मालिका भगवती मन्दिरको निर्माण गरिएको हो ।

मन्दिर काठ र ढुङ्गाबाट कलात्मक तरिकाले प्यागोडा शैलीमा निर्माण गरिएको छ । तिन तले उक्त मन्दिरमा भक्तपुरकै परम्परागत शैलीमा बनाईएका झ्याल र ढोकाहरुले मन्दिरलाई सुन्दर र विशेष आकर्षक देखाएको मालिका गाउँपालिका अध्यक्ष देविराम अर्यालले बताउनु भयो ।

उद्घाटन कार्यक्रममा महर्जनले आगामी दिनमा शिक्षा र स्वास्थ्यका क्षेत्रमा सहयोग गर्ने र पालिकाले गरेका असल अभ्यासलाई महानगरले अनुशरण गर्ने बताउनु भएको थियो । उहाँले थोेरै रकमबाट पनि मालिकाले उत्कृष्ट कार्य गरेको भन्दै खुशी व्यक्त गर्नु भयो । कार्यक्रममा मालिका गाउँपालिका अध्यक्ष देवीराम अर्यालले मन्दिर निर्माण कार्यले सांस्कृतिक धरोहरलाई संरक्षण गर्दै धार्मिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने बताउनु भयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष उपेन्द्र अर्यालले मालिकामा पिस पार्क निर्माण भए पनि यो मालिकाको मात्र नभई सिङ्गो जिल्लाको लागि धार्मिक एवं पर्यटकीय गन्तव्य स्थल भएको बताउनु भयो । सोही कार्यक्रममा मालिका गाउँपालिका भित्रका मौलिक विशेषता झल्काउने विभिन्न नाच, भजन र पञ्चेबाजा समेत प्रस्तुत गरिएको थियो ।