३ असार २०८२, मंगलवार
गुल्मीमा मोटर साईकल दुर्घटनामा परी युवकको मृत्यु

रेसुङ्गा सामाचारदाता
गुल्मी, ५ जेठ । गुल्मीमा मोटर साईकल दुर्घटनामा परी एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको गडवा गाउँपालिका –३ गोबडियाका २७ वर्षीय निशान चौधरी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक गंगाबहादुर सारुले जानकारी दिनुभएको छ ।
जिल्लाको रेसुङ्गा नगरपालिका –६ अन्तरगत सिमाहाघाटबाट सदरमुकाम तम्घास आउने क्रममा लु ९७ प ७४७९ नम्बरको मोटरसाईकल सोही वडाको लप्सी भन्ने स्थानमा गए राती दुर्घटना भएको हो । दुर्घटनापछि चौधरी सडक छेउको नालीमा पल्टिरहेको अबस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय तम्घासबाट प्रहरी निरिक्षक भुपेन्द्र थापाको नेतृत्वमा आज बिहान नौ जनाको टोली घटना स्थल पुगेको थियो । मृतक चौधरीे इन्द्र एम के जेबि निर्माण सेवामा सब इन्जिनियरको रुपमा काम गर्दै आउनु भएको थियो । घटनापछि प्रहरीले उहाँका अफन्तहरुलाई खबर गरिसकेको र घटनाको बारेमा थप अनुषन्धान भैरहेको प्रहरी नायव उपरिक्षक सारुले जानकारी दिनुभयो ।