गुल्मीको सिलादी–घमिर–अर्खाबाङ् सडक एक साताका लागि बन्द हुने

admin

२०८२ जेष्ठ २२ गते, बुधबार १३:३८ मा प्रकाशित

रेसुंगा सामारदाता गुल्मी, २१ जेठ । गुल्मीको पश्चिम क्षेत्रमा रहेको मालिका गाउँपालिका अन्तरगत सिलादी–घमिर–अर्खाबाङ् सडक एक साताका लागि बन्दहुने भएको छ । मालिका गाउँपालिकाले एक सूचना जारी गरि उक्त सडक खण्डमा कालोपत्र गर्ने काम शुरु भएको हुँदा एक साताका लागि पुर्ण रुपमा सडक बन्द हुने गाउँपालिका उपाध्यक्ष उपेन्द्र अर्यालले जनाकारी दिनुभएको छ ।

पालिकाले काम सम्पन्न नहुँदासम्म जेठ २१ देखि २७ गतेसम्म उक्त सडकमा सवारी साधन सञ्चालनमा रोक लगाईएको हो । उक्त सडक बन्द भएपछि बैकल्पीक सडकको रुपमा मालिका गाउँपालिका ६ स्थीत फुलवारी र ७ को अर्चेङ् हुँदै बरारुखको सडक प्रयोग गर्न सर्वसाधारणमा आग्रह गरेको छ । उक्त सडकमा गाउँपालिकाको सहयोगमा सडक कालोपत्र गर्न शुरु गरिएको हो ।