१ चैत्र २०८२, आईतवार
पहिरोले कालिगण्डकी करिडोर सडक अवरुद्ध
रेसुंगा समाचारदाता गुल्मी, २ असार । पहिरोका कारण गुल्मीको कालिगण्डकी करिडोर सडक अवरूद्ध बनेको छ । उक्त सडकखण्ड अन्तरगत जिल्लाको कालिगण्डकी गाउँपालिका–६ स्थीत बरल्वामा आज अपरान्ह सडक माथिबाट पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
सडक अवरुद्ध भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी भुर्तुङबाट प्रहरी सहायक निरीक्षक देव बहादुर भुजेलको नेतृत्त्वमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी ) गंगाबहादुर सारुले जानकारी दिनुभएको छ।
सडक माथिबाट चट्टान सहित ठुलो पहिरो खसेका कारण पहिरो पन्छाउन केही समय लाग्ने सारूले बताउनु भयो । सडक अवरूद्ध बनेपछि कालिगण्डकी करिडोर अन्तरगत गुल्मी सडकखण्डमा दुबै तर्फका लामो तथा छोटो दुरीका सम्पुर्ण सवारी साधनहरू बीच बाटोमै अलपत्र परेका छन ।

