२७ फाल्गुन २०८२, बुधबार
सार्वजनिक सुनुवाई मार्फत जनताका गुनासा सुन्दै सत्यवती
रेसुंगा समाचारदाता
गुल्मी, ३० असार । गुल्मीको सत्यवती गाउँपालिकाले सार्वजनिक सुनुवाई मार्फत नागरिकसँग प्रत्यक्ष अन्र्तक्रिया गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१÷८२ को सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरि नागरिकका समस्या र गुनासाहरु सम्बोधन गरेको छ ।
सत्यवती गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद भुसालले पालिकाले एक आर्थिक वर्षको अबधिसम्म भए गरेका विभिन्न कार्य प्रगति एवं खर्च बिवरणको बारेमा सेवाग्राहीलाई विस्तृत रुपमा जानकारी गराउनु भएको थियो ।
सत्यवति गाउँपालिकाको सभाहलमा आयोजना गरिएको कार्यक्रममा स्थानीयका एक दुई दर्जन भन्दा बढी प्रश्नमा सवालजवाफ भएको थियो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डेले गाउँपालिकाले यो आर्थिक बर्ष भित्र सम्पादन भएका योजना र प्रगतीको बारेमा थप स्पष्ट पार्नु भएको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा सडक मर्मत, अनुगमन, कृषि क्षेत्रका समस्या, कृषि अनुदान, फोहोर व्यवस्थापन, विद्युत, पार्किङ् लगायतका विषयहरुमा स्थानीयले प्रश्न गरेका थिए । प्रश्नको मुख्य जवाफदेही वक्ता गाउँपालिका अध्यक्ष टिकाराम पाण्डेय, उपाध्यक्ष निरमाया तरामु, प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसाल, वडाध्यक्ष विष्णु प्रसाद भण्डारी एवं सम्बन्धित शाखाका प्रमुखहरुले उठेका विषय वस्तुहरुको बारेमा जवाफ दिनुभएको थियो ।
उक्त कार्यक्रमको पत्रकार महासघ गुल्मीका पुर्व अध्यक्ष जनार्दन घिमिरे र टोपलाल अर्यालले सहजीकरण गर्नु भएको थियो ।


