४ माघ २०८२, शनिबार
गुल्मीमा चितुवा आतङ्क बढ्दै
गुल्मी, १२ साउन । गुल्मीमा आजभोली चितुवाको आतङ्क बढ्दै गएको छ । चितुवाको आतङ्क बढेसॅगै धुर्कोट गाउँपालिका ४ जैसिथोकमा आईतबार चितुवाले चार वटा बाख्रा मारिदिएको छ ।
धुर्कोट जैसिथोक निवासी गोपे स्थित तिलकुमारी खत्री गौतम र दुर्गा खत्री गौतमका चार वटा बाख्रा जङ्गलमा चर्दै गरेतो अबस्थामा चितुवाले मारिदिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभएको छ।
आईतबार दिउँसो देउराली सामुदायिक वनको जङ्गलमा बाख्रा चर्दै गरेको अबस्थामा चितुवाले आक्रमण गरि मारेको प्रहरीले जनाएको छ । जिल्लामा पछिल्लो समयमा वस्तीहरूमा चितुवाको आतंङ्क बढ्न थालेको छ ।
सदरमुकाम तम्घास स्थित उपल्लो तम्घासमा पनि केहीदिन अघि चितुवा डौडिरहेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि स्थानीयहरू त्रसित बनेका छन । मानिसहरू चितुवाको त्रासका कारण बिहान बेलुका हिडडुल गर्न समेत छोडेका छन ।


