२ चैत्र २०८२, सोमबार
गुल्मीमा ट्याक्टर दुर्घटनाहुँदा सह‐चालकको ज्यान गयो
गुल्मी, ९ कात्तिक । गुल्मीको मदाने गाउँपालिका–१ अन्तर्गत कचुरखर्कमा गएराती ट्याक्टर दुर्घटनाहुँदा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा मदाने गाउँपालिका–१ अग्लुङका १९ वर्षीय सह–चालक मेघराज पुन रहेको जिल्ला प्रहरी कार्याल गुल्मीले जनाएको छ ।
गएराती ११ः३० बजे मदाने गाउँपालिका–१ अग्लुङ फेदीबाट बालुवा लोडगरेर वडा कार्यालयतर्फ आउँदै गरेको रा १ त ३५०२ नम्बरको ट्याक्टर उकालो बाटोमा लोड तान्न नसकी ब्याक भई ब्रेकले काम नगरेपछि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गंगा बहादुर सारुले जानकारी दिनुभएको छ ।
ट्याक्टरबाट आम फाल्ने क्रममा बाटोबाट उछिट्टिएर गम्भिर घाईते बनेका पुनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । घटनाबारे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय पुर्कोटदहका प्रहरी निरिक्षक रेबन्त सेनको नेतृत्वमा प्रहरी टोली राती नै घटनास्थल पुगेकोे थियो ।
ट्याक्टर चालक मदाने गाउँपालिका–१ अग्लुङ निवासी २२ वर्षीय निमन चन्दलाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाको बारेमा थप अनुषन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

