२८ चैत्र २०८२, शनिबार
जापानमा गुल्मी सत्यवती समाज जापानको प्रथम केन्द्रिय अधिवेशन सम्पन्न
टोकियो, जापान (कात्तिक २५)
“गुल्मी सत्यवती समाज जापान” को प्रथम केन्द्रिय अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ । गुल्मेली समाज जापानको प्रमुख संरक्षकत्वमा हालै टोकियोमा सम्पन्न उक्त अधिवेशनले जापानमा रहेका सत्यवतीवासीहरु बीच पहिलो पटक संगठनात्मक एकता, सामाजिक सहकार्य र भातृत्वको नयाँ अध्यायको प्रारम्भ गरेको छ ।
जापानमा सत्यवतीवासीबीच विभिन्न समयमा एक आपसमा देखापरेको अन्योल, भ्रामक सूचना र संस्थागत अस्पष्टतालाई अन्त्य गर्दै, सूचना संप्रेषण र प्रक्रियागत विधिको पूर्ण पालना गरी तदर्थ समितिको पहलमा उक्त अधिवेशन सम्पन्न गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथिको रुपमा रहनुभएका गुल्मेली समाज जापानका अध्यक्ष महेन्द्रकुमार अधिकारीले नवगठित कार्यसमितिलाई बधाई दिंदै गुल्मेली समाज जापानले अभिभावकत्व ग्रहण गर्दै सहकार्य र सहजीकरणमा अग्रसर रहने प्रतिवद्धता जनाउनु भएको थियो । उहाँले सत्यवतीवासीहरूको साझा प्रयासले जापानमै पहिलो गाउँपालिका स्तरिय समाज स्थापना हुनु आफैमा एउटा खुसि र गौरवको विषय भएको बताउनुभयो।
गुल्मेली समाज जापानका निवर्तमान अध्यक्ष शालिकराम भण्डारीको संयोजकत्वमा गठन गरिएको ५ सदस्यीय निर्वाचन मण्डलले अधिबेशनबाट संस्थालाई आधिकारिक रूपमा मान्यता दिएको घोषणा गरेको थियो ।
कार्यक्रममा गुल्मेली समाज जापानका संस्थापक अध्यक्ष बाबुराम भण्डारी, निवर्तमान अध्यक्ष शालिकराम भण्डारी, सल्लाहकार तथा एनआरएनए जापानका वरिष्ट उपाध्यक्ष टिकाराम खरेल, संस्थापक सचिव कुलचन्द्र खरेल, सल्लाहकार शंकर सापकोटा (गुणराज), हरिकला खरेल, युवा संयोजक निर्मल शर्मा ढकाल, सत्यवती गाउँपालिका अध्यक्ष टिकाराम पाण्डे (भर्चुअल उपस्थिति) लगायत जापानका विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रम गुल्मी सत्यवती समाज जापान तदर्थ समितिका उप–संयोजक (हाल उपाध्यक्ष) अर्जुन ज्ञवालीको अध्यक्षता र गुल्मेली समाज जापान कान्साईका सचिव (हाल वरिष्ट उपाध्यक्ष) दिपक पाण्डेयको कुशल सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा महासचिव खिमप्रसाद पाण्डेयले अधिवेशनका निर्णयहरू प्रस्तुत गर्नुभयो।
अधिवेशनले सर्वसम्मत रूपमा २६ सदस्यीय कार्यसमिति गठन गरेको छ, जसमा प्रमुख संरक्षकको रूपमा गुल्मेली समाज जापान रहने भएको छ भने अध्यक्षमा मदन भण्डारी, वरिष्ठ उपाध्यक्षमा दिपक पाण्डे, उपाध्यक्षमा अर्जुन ज्ञवाली र होमनाथ ज्ञवाली, महिला उपाध्यक्षमा तुलसी सेन ठकुरी, महासचिवमा खिमराज पाण्डे, सचिवमा विष्णु क्षेत्री, गोविन्द साही ठकुरी र एलन भण्डारी, कोषाध्यक्षमा छवि राना, सह–कोषाध्यक्षमा जिवलाल सुनार, प्रवक्तामा घनश्याम विश्वकर्मा रहनु भएको छ ।
त्यसैगरी युवा संयोजकमा मनोज थापा, साथै सल्लाहकारका रूपमा कृष्ण भण्डारी, निर्मल शर्मा ढकाल, भानु राना, मोहन कुवर, र आर्थिक सल्लाहकारमा ईश्वरी ढकाल (कमल) रहनुभएको छ । संस्थाको अन्य सदस्यहरूमा सन्तोष भण्डारी, अमित पाण्डे, सरिता भण्डारी, कल्पना भण्डारी, सविता भण्डारी, कुमार गाहा, विष्णु प्रसाद उपाध्याय (गोकुल), कमल भण्डारी, वसन्त पाण्डे क्षेत्री, जिवन भण्डारी, रोशन ज्ञवाली, सुरज भण्डारी र शंकर भण्डारी रहनुभएको छ ।
नवनिर्वाचित अध्यक्ष मदन भण्डारीका अनुसार पहिलो बैठकले समितिमा थप तीन जना सदस्य मनोनित गरी २९ सदस्यीय पूर्ण कार्यसमिति बनाउने निर्णय गरेको बतार्यएको छ । कार्यक्रमको समापन गर्दै अध्यक्ष अर्जुन ज्ञवालीले सबै अतिथिहरूप्रति आभार व्यक्त गर्दै समाजको औचित्य र आगामी कार्यदिशाको बारेमा आफ्ना विचारहरु प्रस्तुत गर्नुभएको थियो । उहाँले जापानमा रहेका सबै सत्यवतीवासीहरूलाई एकजुट भएर समाजलाई दीगो, समावेशी र अनुकरणीय बनाउनका लागि सबैलाई सहयोग गर्न आग्रह समेत गर्नुभएको थियो ।

