बदला लिनेतिर भन्दा राम्रोसँग सोच्नुपर्ने बेला आएको छ ः नेता खनाल

admin

२०८२ मंसिर २४ गते, मंगलवार १८:२५ मा प्रकाशित

गुल्मी, २३ मंसिर । नेपाली कम्युष्टि पार्टीका केन्द्रिय नेता चक्रपाणी खनाल (वलदेव) ले वर्तमान सयममा दलका नेताहरुले परिपक्क भएर बदला लिनेतिर भन्दा राजनीतिक हिसाबले राम्रोसँग सोच्नुपर्ने बेला आएको बताउनु भएको छ । उहाँले राजनीतिक दलहरु संसद पुनस्थापनातिर लागेर समय बर्वाद गर्नु भन्दा निर्वाचनमा गएर देशलाई नयाँ निकास दिनुपर्ने बताउनु भयो ।

    नेपाली कम्युनिष्ट पार्टी गुल्मीले मंगलबार सदरमुकाम तम्घासमा आयोजना गरेको पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दैै नेता खनालले एमाले पार्टी अध्यक्ष केपी ओलीले संसद पुनस्थापनाको बासुरी बजाएर बसिरहेको आरोप समेत लगाउनु भएको छ । ओलीकै कारण दुइतिहाईको सरकार ध्वस्त भएको, पार्टीलाई लथालिङ्ग बनाएको र देशलाई पनि ध्वस्त पारेको खनालको आरोप थियो ।

     कार्यक्रममा केन्द्रिय नेता खनालले वर्तमान राष्ट्रिय राजनीतिको विश्लेशण गर्नका लागि पार्टी एकता सभाको आयोजना गरिएको बताउनुभयो । उहाँले नयाँ नेता र जेन्जी पुस्ताका युवाहरुले नेतृत्व गर्ने कुरामा आफुहरुको कुनै विमती नरहेको बताउनु भयो । त्यसका लागि एक पटक राम्रोसँग समिक्षा गर्नु पर्ने समय आएको नेता खनालको भनाई छ । “जेन्जीहरुमा आक्रोस छ, आक्रोस मात्र भएर हुँदैन, त्यसमा परिपक्क योजना पनि चाहिन्छ तर उहाँहरुसँग त्यस्तो योजना छैन” खनालले भन्नुभयो ।

एकता सन्देश सभामा नेताहरु सुदर्शन बराल, बुद्धि जिसी लगायतका नेताहरुले केपी ओलीले आजको आधुनिक युगमा दूर्योधनको भूमिका खेलेको आरोप लगाउनु भएको थियो ।