गुल्मीमा आगलागीहॅुदा एक व्यक्ति घाईते, ६० लाख बराबरको क्षती 

admin

२०८२ पुष ७ गते, सोमबार १४:०५ मा प्रकाशित

 

गुल्मी, ७ पुस । गुल्मीको सदरमुकाम तम्घास स्थित बसपार्क नजिकैको एक ग्यारेजमा आगलागीहॅुदा करिब ६० लाख बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। रेसुङ्गा नगरपालिका वडानम्बर–८ स्थित सुजता अटो वर्कसपमा सोमबार अपरान्ह विद्युत सट भई आगलागी भएको थियो।

आगलागीबाट वर्कसप पूर्ण रूपमा जलेर नष्ट हॅुनुका साथै वर्कसपका सञ्चालक बिक्रम सुनार समेत घाइते हुनुभएको छ । घाइते सुनारको अहिले गुल्मी अस्पताल तम्घासमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी गंगा बहादुर सारूले जानकारी दिनुभयो ।

आगलागीको सूचना प्राप्त हुनासाथ रेसुङ्गा नगरपालिकाको दमकल, नेपाल प्रहरी तथा नगर प्रहरीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागी भएको स्थान नजिकै पेट्रोल पम्प तथा विद्युतीय गाडीको चार्जिङ स्टेसन समेत रहेको हुँदा ठूलो जोखिम उत्पन्न हुनबाट रोकिएको सूचना अधिकारी सारूले बताउनुभयो। आगलागी भएको स्थान जिल्ला प्रहरी कार्यालय गुल्मीबाट एक मिनेटको दूरीमा रहेको छ ।