१ चैत्र २०८२, आईतवार
मालिका गाउँपालिकाको हिउँदे अधिवेशन सुरु
गुल्मी, ९ पुस । मालिका गाउँपालिकामा हिउँदे अधिवेशन सुरु भएको छ । बुधबार गाउँसभाको १९ औं अधिवेशन अन्तर्गत पहिलो बैठक सम्पन्न भएसँगै यो अधिवेशन सुरु भएको हो ।
गाउँपालिका अध्यक्ष देवीराम अर्यालले अधिवेशन सुरु गर्दै औपचारिक बैठक प्रारम्भ गर्नुभएको हो । गाउँसभामा गाउँसभा सदस्य समिपा सुनारले समसामयिक बिषय उठाउन गर्दै गाउँ पालिकाको छापहिलेमा एम्बुलेन्स संचालनमा नआएको बिषयमा समस्या उठान गर्नुभएको थियो । गाउँपालिका अध्यक्ष देवीराम अर्यालले कार्यपालिकाबाट कार्यविधि बनाएर एम्बुलेन्स संचालन गर्ने साेंच रहेको बताउनुभयो ।
गाउँसभामा गाउँपालिका उपाध्यक्ष उपेन्द्र अर्यालले चालु आर्थिक वर्ष २०८२÷०८३ को स्वीकृत विनियोजन विधेयक २०८२ अन्तर्गतका आयोजना÷कार्यक्रमको रकमान्तर, श्रोतान्तर तथा खर्च कटौती सम्बन्धी प्रस्ताव पेश भएको छ । जसमा आगामी बैठकमा छलफल हुनेछ । त्यसपछि यी बिषय कार्यान्वयनमा अघि बढ्ने बताईएको थियो ।
गाउँपालिका अध्यक्ष देवीराम अर्यालले पालिकाले चुनावी घोषणापत्र अनुरुप काम गरिरहेको र कार्यकाल पुरा हुँदासम्म ती सबै पूरा हुने बताउनुभएको थियो । उहाले १५ शय्याको अस्पताल निर्माणाधीन अवस्थामा रहेको बिशेषज्ञ डाक्टरबाट स्वास्थ्य शिविर निःशुल्क चलाइरहेको र शिक्षा क्षेत्रमा पनि व्यापक सुधारका कार्यक्रम अगाडि बढाइरहेको जानकारी गकाउनु भएको थियो ।

