१० जेष्ठ २०८३, आईतवार
गुल्मेली अधिकृत समाजको साधारण सभा सम्पन्न
काठमाण्डौ । गुल्मेली अधिकृत समाजको वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले रामप्रसाद घिमिरेको अध्यक्षतामा सर्वसम्मत रूपमा ११ सदस्यीय नयाँ कार्यसमितिको गठन गरेको छ।
नव गठित समितिमा जीवलाल भुसाल उपाध्यक्ष, नेत्रनारायण सुवेदी महासचिव, दीपक पन्थी कोषाध्यक्ष र डिलाराम पन्थी सचिव चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरूमा जितेन्द्र सिंह पाण्डे, कृष्णकला कुँवर, बोधराज कँडेल, गीता पोखरेल पन्थी, शारदा अर्याल र शारदा मरासिनी रहनुभएको छ ।
साधारण सभाले विभिन्न उपसमितिहरू गठन गर्दै जिल्लामा निजामती सेवाको आकर्षण बढाउन र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि पूर्व मुख्य सचिव लीलामणि पौडेलले कर्मचारी प्रशासनलाई जनमुखी, पारदर्शी र उत्तरदायी बनाउन अधिकृत समाजको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले निजामती सेवाप्रति नागरिकको विश्वास बढाउन सेवाग्राहीमैत्री व्यवहार, सुशासन र प्रभावकारी सेवा प्रवाह आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
समाजका अध्यक्ष घिमिरेले विभिन्न क्षेत्रमा कार्यरत अधिकृतहरूबीच आपसी सहकार्य, समन्वय र अनुभव आदानप्रदान मार्फत सार्वजनिक सेवा प्रवाहलाई थप गुणस्तरीय बनाउने उद्देश्यमा समाज सक्रिय रहने बताउनुभयो ।
सभाले विभिन्न उप समितिहरूको समेत गठन गरेको छ । जस अन्तर्गत सामाजिक सेवा समन्वय उपसमितिको संयोजकमा योगराज कँडेल चयन हुनुभएको छ । अन्य सदस्यहरूमा कविराज श्रेष्ठ, होम ज्ञवाली, दुर्गा पन्थी, मदन कुँवर र ज्ञानविष्ट ज्ञवाली रहनुभएको छ ।
त्यसैगरी विकास समन्वय उपसमितिको संयोजकमा टंकप्रसाद पाण्डे चयन हुनुभएको छ भने सदस्यहरूमा रमेश अर्याल, नारायणप्रसाद भण्डारी, शंकर पन्थी, मञ्जु ज्ञवाली पाण्डे र नारायण ज्ञवाली रहनुभएको छ ।
त्यस्तै स्थानीय तह समन्वय उपसमितिको संयोजकमा झविन्द्र खनाल चयन हुनुभएको छ भने सदस्यहरूमा तुलसी पाण्डे, योगेश पन्थी, कल्पना अर्याल पोखरेल, स्वरूपा पाण्डे र कृष्णप्रसाद पन्थ रहनुभएको छ ।
साधारण सभाले समाजलाई अझ सक्रिय र प्रभावकारी बनाउँदै सामाजिक सेवा, स्थानीय तह समन्वय तथा विकास निर्माणका गतिविधिलाई थप सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

