३ बैशाख २०८३, बिहीबार
गुल्मी सेवा समाज युएईको छैठौं अधिबेशन सम्पन्न ,अध्यक्षमा जीवन सिंह ठकुरी निर्वाचित
युएई समाचारदाता
गुल्मी सेवा समाज युएईको छैठौं महाधिबेशन तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । “गुल्मी हो नाम, गुल्मेलीको शान रुरु र रेसुङ्गा हाम्रो पहिचान” मुल नाराका साथ २३ फ्रेब्रहरी आइतबारका दिन क्लब याक एण्ड यति, अस्टोरिया होटलमा एक कार्यक्रमका बिच सम्पन्न महाधिबेशन गुल्मेली चर्चित कलाकारहरुको साथ मा सम्पन्न भएको थियो ।
कार्यक्रममा युएईका लागी महामहिम राजदुत तेज बहादुर क्षेत्रीको ज्यु प्रमुख आतिथ्यता साथै राम प्रसाद श्रेष्ठ ज्यु सभापतित्य तथा नेपाल एसोसिएसन–एनआरएन एनसीसी यूएईका अध्यक्ष बिकास शाही,नेपाली समाजका युएई का अध्यक्ष राम मोक्तान,युएईमा सक्रिय जिल्ला सस्था विभिन्न सामाजिक संग सस्थाका प्रमुखहरु, पत्रकारहरु, विभिन्न पेशामा आबद्ध नेपाली दाजुभाइ दिदिबहिनीहरु,भजन कृतक परिवार लगायतको उपस्थिति रहेको कार्यक्रमको संचालन भने सस्था का सचिब सुरज बि शि ले गर्नुभएको हो।
कार्यक्रममा युएईमा रहनु भएका कलाकारहरु लोक तथा दोहोरी गायकहरु बाबुराम परियार, बिनोद बिष्ट, रन्जिता कुँवर, विनय खत्री, कुसुम परियार, दिपक परियार र जीवन कुँवर लगाएताका कलाकारहरुको प्रस्तुती रहेको थियो। उक्त छैटौँ महाधिवेशन ले सामाजिक युवा एक सरल असल कर्मठ निस्ठावान ब्यक्ति श्री जीवन सिंह ठकुरीको अध्यक्षतामा पचास कार्यसमिति ,प्रमुख संरक्षक , सल्लाहकार गठन गरेको छ ।
नवनिर्वचित कार्यसमिति सुभकामना दिदै सभापति राम प्रसाद श्रेष्ठ ज्यु नया बनेको कार्यसमिति बिभिन्न सघ सस्था मा रहि नेतृत्व गरि आफ्नो कार्यकुशलता बाट निखारिएर आएको सामाजिक ब्यक्ती कार्यसमिति धेरै धेरै उर्जावान हरेक बिधामा दक्षता , कलाकार , पत्रकार , धार्मिक , सास्कृतिक , ब्यापारी , खेलकुद लगाएत्का ठाउ मा रहेर काम गरेको उत्कृष्ट टिम भएको सस्था का निवर्तमान अध्यक्ष राम प्रसाद श्रेष्ठ ले बताउनु भयो ।
“अहिलेको निर्बाचित समुह सबैले रोजेको र खोजेको जस्तो छ ।”, नवनिर्वाचित अध्यक्ष जीवन सिंह ठकुरीले आफ्ना कुरा राख्दै भने, “अहिलेका युवा पुस्ताले यसलाई राम्रोसंग चलाउने र समाजलाई एउटा सुनौलो , अभिभाबक्तो सहयोग मा निरन्तर लाग्नेमा आफु विश्वस्त रहेको र सबैको साथको आसा र खाचो रहेको पनि बताउनु भयो।”
यस्तै,छैठौं महादिवेशन बाट नवनिर्वाचित समितिको पहिलो बैठक पनि सम्पन्न भएको छ। उक्त बैठकमा बिषेशत सस्थाका आजिवान सदस्य तथा कृयाशिल सदस्यका परिवारमा स्वास्थ लगाएत विविध समस्या परेमा सस्थागत सहयोग गर्ने र गुल्मी जिल्ला भित्र रहेको आघारभुत तहको विद्यालयका अति बिपन्नबर्ग तथा अनाथ असहाय विद्यार्थीहरुलाइ लक्षित गरि नेपाली एक लाख रुपैयाँ बराबरको अक्षयकोस निर्माण गर्ने प्रस्ताव मा पहिलो बैठक बाट सकारात्मक निर्णय भएको थियो ।

