७ जेष्ठ २०८३, बिहीबार
गुल्मेली समाज जापानद्वारा वृहत तिज कार्यक्रमको आयोजना गरिने
जापान (टोकियो), २६ असार । जापान (टोकियो) २६ असार । हरितालिका तिजको अवसरमा गुल्मेली समाज जापानले २०८२ सालको तिज भव्य रूपमा मनाउने तयारी गरेको छ । गुल्मेली समाज जापानको आयोजनामा इकेगामी खाईगान हलमा २०२५ अगस्त १८ तारिक सोमबार दिउसो १ बजेदेखि राति १० बजेसम्म उक्त कार्यक्रम सञ्चालनहुने भएको छ ।
कार्यक्रममा सम्पूर्ण गुल्मेलीहरु सहित जापानभरिका नेपाली समुदायको बाक्लो उपस्थिति रहने अपेक्षा गरिएको गुल्मेली समाज जापानका प्रवक्ता दिलिप थापाले बताएका छन । कार्यक्रममा तीज गीत, नृत्य, र गुल्मेली दिदि बहिनीहरुलाई दर खुवाउने लगायत नेपालका राष्ट्रिय कलाकारहरुको विशेष सांस्कृतिक प्रस्तुति सहितका आकर्षक कार्यक्रमहरु समावेश गरिने जनाइएको छ ।
गुल्मेली समाज जापानअध्यक्ष महेन्द्र कुमार अधिकारीले विदेशमा रहेर पनि नेपाली संस्कृति र परम्परालाई संरक्षण र जगेर्ना गर्ने उद्देश्यले वर्षेनी यस्ता प्रकारका कार्यक्रमहरु गर्दै आएको बताए ।
तिज नेपाली हिन्दुहरुको महत्वपूर्ण मौलिक चाड भएको हुँदा विदेशको व्यस्त जीवनशैलीमा पनि यो कार्यक्रमको माध्यमबाट सबै गुल्मेलीहरुलाई एउटै मञ्चमा भेटघाट हुने महत्वपूर्ण अवशर भएको संस्थाका प्रवक्ता दिलिप थापाले बताउनु भयो । प्रवक्ता थापाका अनुसार गुल्मी जिल्लाबाट जापानमा रहेका १२ वटा संघ संस्थाहरुलाई बिशेष अनुरोध गर्दै सकेसम्म कार्यक्रम नजुधाई उक्त दिन आफ्ना आआप्mना संघ संस्था भित्रका दाजुभाइ तथा दिदी बहिनीहरुको उल्लेखनीय उपस्थितिका लागि समेत सबैमा अनुरोध गरिएको छ ।
उक्त कार्यक्रममा उपस्थितभै कार्यक्रमको भरपुर मनोरञ्जन लिनुहुन सबै गुल्मेली तथा गैह्र गुल्मेली दाजुभाइ तथा दिदीबहिनीहरुमा संस्थाको तर्फबाट हार्दिक निमन्त्रणा समेत गरिएको छ ।

