२ बैशाख २०८३, बुधबार
शान्तिपुरमा चक्रेश्वर मेला
गुल्मी, ३ मंसिर । पम्परागत रुपमा मनाइँदै आएको संस्कृति र खेलकुदको संरक्षण र जगेर्ना गर्ने उद्देश्यले गुल्मीको शान्तिपुरमा चक्रेश्वर मेला आयोजना गरिएको छ । स्थानीय शान्तिपुर उदय शान्ति युवा क्लवको आयोजनामा प्रत्यक वर्ष विशेषगरी बालाचतुर्दशीका दिन चक्रेश्वर मेलामा मानिसहरुको बाक्लो उपस्थिति हुने गर्दछ ।
बालाचतुर्दशीका दिन बुधबार दिनभर चक्रेश्वर मन्दिरमा मन्दिरमा गीता पाठ, होमन, जलधारी, सतबिज छर्ने, तोरन तार्ने र विशेष रुपमा पुजाआजा गरिएको चक्रेश्वर मन्दिर व्यावस्थापन समित अध्यक्ष गोपाल प्रसाद शर्माले बताउनुभयो । मेलामा ४० हजार राशीको लोक भजन प्रतियोगिता सहित साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको छ ।
चन्द्रकोट गाउँपालिका–४ स्थित शान्तिपुर मेलामा दुइ लाख राशीको पालिका स्तरीय भलिवल प्रतियोगिता सञ्चालन गरिएको उदय शान्ति युवा क्लवका अध्यक्ष अर्जुन थापाले जानकारी दिनुभएको छ । भलिवल प्रतियोगिताको लागि प्रथम, द्वितिय, तृतीय र सान्त्वना हुने समुहलाई क्रमश ः दुइ लाख, एक लाख १० हजार, ६० हजार र ३० हजार सहित मेडल, ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको क्लवका अध्यक्ष थापाले बताउनुभयो ।
त्यसैगरी भजन प्रतियोगीतामा प्रथम, द्वितिय र तृतीय हुनेलाई क्रमश ः ४० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार उपलब्ध गराईने क्लवले जनाएको छ । विगत २५ वर्षदेखि उदय शान्ति युवा क्लवले चक्रेश्वर मेला आयोजना गर्दैै आएको छ ।
धार्मिक कार्यक्रमसँगै मेलामा खेलकुद, बालउद्यान सहितको मनोरञ्जनात्म खेलसँगै, कार्यक्रममा चर्चित इन्दे्रणी टिमकोे प्रस्तुतीले बुधबार दिनभर दर्शकहरुको घुँईचो बढेको थियो । त्यसका अतिरिक्त मेलामा राष्ट्रिय लोक दोहोरी क्षेत्रका अन्य चर्चित कलाकारहरुको साँगीतिक प्रस्तुती रहने क्लवका अध्यक्ष थापाले बताउनुभयो ।
उक्त मेलामा चन्द्रकोट गाउँपालिकाको सहयोगमा कृषि प्रदर्शनीको समेत आयोजना गरिएको छ । मेलाको अवशरमा कृषकहरुले आफुले उत्पादन गरेका विभिन्न किसिमका रैथाने कृषि उपजहरुको प्रर्दशनी गरेका छन । मेलाको अवशर पारेर बुधबार गाउँपालिकाले एक दिनका लागि सार्वजनिक विदा समेत दिएको थियो ।
ा

