गुल्मेली समाज जापानको छैटौँ महाधिवेशन सम्पन्न, अध्यक्षमा पोखरेल

admin

२०८३ भाद्र ८ गते, सोमबार ०९:५५ मा प्रकाशित

रेसुङ्गा समाचारदाता

टोकियो, जापान ८ भदौ । गुल्मेली समाज जापानको छैटौँ महाधिवेशनबाट कृष्णप्रसाद पोखरेल (बाबु) को अध्यक्षतामा सर्वसम्मतरुपमा ३३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा लक्ष्मण बस्नेत, निर्मल शर्मा, कामना भण्डारी, प्रिन्सेस खरेल र मदन भण्डारी चयन हुनुभएको छ । त्यसैगरी महासचिवमा दिलिप थापा, उपमहासचिवमा दिपेन्द्र केसी, सचिवमा निर्मलसिंह जिसी, उज्ज्वल पहराई र गोपाल काफ्ले, कोषाध्यक्षमा यम घर्ती, सह कोषाध्यक्षमा लालबाबु काकी र सुभाष परियार तथा युवा संयोजकमा निरज कार्की चयन हुनुभएको छ ।

त्यस्तै सदस्यमा लेखबहादुर थापा, शंकर बस्नेत, सुरज केसी कुँवर, सुजन केसी, देव सापकोटा, रामप्रसाद खरेल, यादव कँडेल,शोभाकर न्यौपाने, जीवनलाल न्यौपाने, जीवन पाण्डे, अर्जुन ज्ञवाली, रोशन गौतम, यमु पण्डाई, विशाल क्षेत्री, विरु गुरुङ, सरोज काउछा, सरोज खरेल र सुरज गौरी चयन हुनुभएको छ ।

गुल्मेली समाज जापानका अध्यक्ष महेन्द्रकुमार अधिकारीको अध्यक्षतामा सम्पन्न अधिवेशनमा प्रमुख अतिथि गुल्मेली समाज जापानका संस्थापक अध्यक्ष बाबुराम भण्डारी, गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका पूर्व अध्यक्ष रोशन केसी, समाजका पूर्व अध्यक्ष शालिग्राम भण्डारी, एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष टीकाराम खरेल लगायतका विभिन्न व्यक्तिहरुले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै अतिथिहरुले गुल्मी समाज जापानले समाजिक क्षेत्रमा गरेको काम सह्रानीय रहेको भन्दै यसले जापानमा रहेका गुल्मेलीहरुबीच आपसी सहयोग, सद्भाव र सहकार्यलाई थप मजबुत बनाउदै लौजानु पर्नेमा जोड दिनुभएको थियो ।

संस्थामा रहेर दुई कार्यकाल नेतृत्व गर्नु भएका महेन्द्र कुमार अधिकारीले नवनिर्वाचित अध्यक्ष पोखरेल सहित सम्पूर्ण कार्यसमितिलाई सफल कार्यकालको लागि बधाई दिँदै आफ्नो कार्यकालमा सहयोग गर्ने सम्पूर्णप्रति हार्दिक आभार समेत व्यक्तगर्नु भएको थियो ।

नवनिर्वाचित अध्यक्ष पोखरेलले समाजको संस्थागत विकाससँगै गुल्मी र जापानमा रहेका गुल्मेलीबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै सामाजिक सेवाका कार्यक्रमलाई निरन्तरता दिँदै प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

गुल्मेली समाज जापानले गुल्मीमा भएका विभिन्न प्राकृतिक विपद्का घटनाहरुदेखि विभिन्न सघंसंस्था, असहाय तथा बिरामीहरुकोे उपचार लगायत विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको छ ।