२१ कार्तिक २०८१, बुधबार
तलब नलिने ठुला नेताको चुनाव खर्च कसरी चल्छ : बाबुराम भट्टराई
२०७७ काठमाडौं : समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पुर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सरकारी तलब भत्ता नलिने ठुला नेताको विलासी रहनसहन र चुनाव कसरी चल्छ भनेर प्रश्न गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका प्रवत्ता तथा राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले आफ्नो पारिश्रमिक कोरोना कोषमा जम्मा गर्ने घोषणा गरेपछि भट्टराईको यस्तो प्रतिक्रिया आएको हो। उनले चुनावको खर्च र विलासी रहनसहन कसरी चल्न त्यो बताउँदा राम्रो हुने पनि बताएका छन्। उनले ट्वीटरमा लेखेका छन्, ‘प्रमलगायत कतिपय बढे नेताहरुले आफ्नो तलब–भत्ता पूरै त्याग्ने घोषणा गर्नु राम्रो हो त्यससँगै आफ्नो कुनै पैतृक सम्पत्ति, बचत र वैध कमाइ नहुनेहरु (कमसेकम संसद सरकारलाई बुझाएको सम्पत्ति विवरणमा नदेखिने!) को विलासी रहनसहन र चुनावको खर्च कसरी चल्छ त्यो पनि बताउँदा राम्रो होला कि?थाहाखबरबाट साभार