एनआरएनए सचिव पदका अब्बल उम्मेदवार सापकोटा, उनका ५ प्रतिबद्धता

admin

२०८० आश्विन २२ गते, सोमबार ०९:०९ मा प्रकाशित

 

जनार्दन घिमिरे

काठमाण्डौ २२ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं माहाधिवेशन नजिकिदै जाँदा यतिबेला चुनावी सरगर्मी बढ्दै जान थालेको छ । उमेदबारहरुको चुनावी डौडधुप र प्रचार प्रसारले सबैको ध्यान केन्द्रित गरेको छ ।

यसै चुनावी प्रतिसप्रर्धामा अग्र पंतिमा उभिनु भएका उमेदवारहरु मध्य एक हुनुहुन्छ दयानिधि सापकोटा । उहाँले काठमाण्डौमा हुन गईरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं माहाधिवेशनमा केन्द्रिय सचिवमा उम्मेदवारी घोषणा गर्नु भएको हो ।

आफ्नो व्यवसायीक पेशामा सधै अब्बल बन्दै आउनु भएका सापकोटा सामाजिक क्षेत्रलाई पनि आफ्नो जीवनको महत्वपूर्ण कर्म ठान्नु हुन्छ । विदेशमा रहेर पनि गैरआवासीय नेपालीहरुका लागि केही नयाँ कामको शुरुवात गर्ने उद्देश्यले उहाँ यतिबेला आफ्ना पाँच वटा प्रमुख एजेण्डाहरुलाई अघि सारेर चुनावी महाअभियानमा होमिनु भएको छ ।

    यस्ता छन सापकोटाका पाँच प्रतिबद्धता ?

हाल एनआरएनए युरोप उपसंयोजक समेत रहनु भएका सापकोटाले पारदर्शी संगठन, एकताबद्ध एनआरएनए, सबल सचिवालय, जवाफदेही संस्था र गैर आवासीय नेपालीहरुको हकहित, अधिकार र प्रवद्र्धनका लागि विश्वभर छरिएर रहेका नेपालीहरुबीच भाइचारा, आत्मियता एवं संगठनात्मक एकताको लागि आफुले सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको हो ।

बेलायतमा बसेर उहाँ एक सफल व्यवसायी मात्र होइन, सामाजिक सेवाको क्षेत्रमा पनि झनै अब्बल व्यक्तिको छवि बनाउन सफल बन्नु भएको छ । हाल बेलायत मिडल्याण्डको लेस्टर शहरमा व्यवसाय गरी वस्नुहुने सापकोटा समाजिक व्यक्ति मात्र हैन एनआरएनएका एक कुशल र सक्षम अभियन्ता पनि हुनुहुन्छ ।

सापकोटाले यही अक्टोवर १७ देखि २० सम्म काठमाण्डौमा सञ्चालन हुन लागेको एनआरएनएको ११औ महाअधिवेशनमा आसीसी सचिव पदमा उम्मेदवार घोपणा गर्नु भएको हो । उहाँको उमेदवारी घोषणासँगै यतिबेला सापकोटाको पक्षमा माहोल तात्दै जान थालेको छ । सापकोटाको उमेदवारी घोषणाले एनआरएनए प्रतिनिधिहरुमा समेत निकै उत्साहित थपिएको बताईएको छ ।

महाधिवेशनको प्रचार प्रसारका लागि सापकोटाले करिव दश दिनको मिडलईस्ट र युरोपको भ्रमण गरी एनआरएनए प्रतिनिधिहरूसँग भेटघाट गरिसक्नु भएको छ । प्रतिनिधिहरुसँगको भेटघाटको अवशरमा आफूलाई थप उर्जासँगै हौसला समेत थपिएको एनआरएनएको आसीसी सदस्य लगायत विभिन्न टास्क फोर्समा काम गरि लामो अनुभब सँगाल्नु भएका सापकोटा हाल युरोप उपसंयोजक भइ निर्वाह गरेको जिम्मेबारीले सफलताको मार्गमा अझै अघि बढ्न प्रेरित गरेको छ । सापकोटाले चुनावी अभियानको क्रममा यसै साता नेपाल आँऊँदै हुनुहुन्छ ।

सापकोटाको बास्तविक परिचय यस्तो छ 

अत्यन्तै शालिन, भद्र र स्पष्ट वक्ताको रुपमा सापकोटा सबैको माझमा परिचित नाम हो दयानिधि सापकोटा । यिनै बिशेषता र गुणका कारण उहाँ एउटा अब्बल र कुशल व्यक्तित्वको छबी बनाउन सफल बन्नु भएको हो । बाग्लुङ जिल्लाको काठेखोला गाउपालिका अन्तर््गत बिहुँकोट ५ देउरालीमा बुबा पद्मनाथ सापकोटा र आमा भावी सापकोटाको कोखबाट जन्मिनु भएको हो ।

नजिकबाट चिन्नेहरुले उहाँलाई सानैदेखि मेधावी छात्रको रुपमा चिन्दछन । अमर माध्यमिक विद्यालयबाट एसएलसी र काठमाडौंको शंकरदेव क्याम्पसबाट बीकम अध्ययन गर्दै गर्दा उहाँ सन १९९३ मा पहिलो पटक जर्मनी पुग्नु भएको हो ।

अध्ययनका क्रममा जर्मनी गएका सापकोटाले त्यहाँ युरोपेली रहनसहन, भाषा, खाना र जीवनशैली मात्र अनुभव गर्नु भएन उहाँ इटालियन सेफ हुंँदै २८ वर्षकै उमेरमा जर्मनीमा पहिलो रेष्टुरेन्ट खोलर आफ्नो व्यवसायीक यात्रा शुरु गर्नु भएको हो ।

करिव १५ वर्षको जर्मनी बसाईपछि उहाँ सन् २००६ मा बेलायत पुग्नु भएको हो । हिन्दी, अँग्रेजी लगायत विभिन्न पाँचवटा भाषामा दख्खल राख्नु भएका सापकोटाको हाल यूके लेस्टरमा दुई इटालियन रेष्टुरेन्ट सञ्चालनमा छन ।

उहाँले सबै गैरआवसीय नेपालीको हित र नेपालको समाजिक विकासमा टेवा पुर्याउने काममा लाग्नको लागि आफ्नो उम्मेदवारी रहेको बताउनु भयो । केन्द्रिय सचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नु भएका सापकोटाले सबै प्रतिनिधिसँग आफुलाई निर्वाचित गराउनका लागि विश्वभरका मतदाताहरुसँग यसपटक पनि साथ सहयोगको अपेक्षा गर्दै मतदानका लागि अपिल गर्नु भएको छ ।