सचिव पदका उमेदवार सापकोटाको चुनावी प्रचार प्रसार तिब्र

admin

२०८० आश्विन ३० गते, मंगलवार १४:५२ मा प्रकाशित

काठमाण्डौ, असोज ३० । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशन आज (मंगलबार) देखि काठमाण्डौमा शुरु भएको छ । चुनावी सरगर्मी बढेसँगै गैरआवासीय नेपाली संघमा (एनआरएनए) सचिव पदमा उमेदवारी दिनु भएका दयानिधि सापकोटाको यतिबेला चुनावी अभियानमा तिब्र रुपमा अघि बढेको छ । पछिल्लो समयमा वेलायतमा बसेर सापकोटा एनआरएनएमा सक्रिय रुपमा काम गर्ने व्यक्तिको रुपमा परिचित भएका कारण पनि यतिबेला उहाँको पक्षमा चुनावी माहोल बढ्दै भएको हो ।

सचिव पदका उमेदवार सापकोटाले यतिबेला विभिन्न मुलुकहरुवाट आएका महाधिबेशन प्रतिनिधिहरुसँग आफ्ना मुख्य एजेण्डाहरु प्रस्तुत गर्दै मत माग्नमा व्यस्त हुनुहुन्छ । आफु सामाजिक सेवामा सधै प्रतिबद्ध रहेको भन्दै संस्थालाई पारदर्शी र संगठनलाई एकताबद्ध बनाउने प्रतिबद्धता सहित उहाँ यतिबेला प्रतिनिधिहरुसँग भेटघाट र छलफलमा व्यस्त देखिनु भएको छ ।

सचिव पदका उमेदवार सापकोटाले बोकेका एजेण्डाहरुलाई महाधिबेसनमा आएका प्रतिनिधिहरुले सकारात्मक र संगठनलाई दिगो बनाउनका लागि पनि उहाँको उमेदवारी अर्थपूर्ण रहेको बताएका छन । सचिवमा उमेदवारी दिएपछि सापकोटा मात्र हैन उहाँलाई निर्वाचित गराउनकान लागि धेरै प्रतिनिधिहरु चुनावी प्रचार प्रसारमा व्यस्त देखिन्छन । सापकोटाको सरल स्वाभाव, सहयोगी भावना, सस्थागत विकासं र आर्थिक पारदर्शिताका कारण पनि सचिवमा उहाँ एक अव्बल र सक्षम उमेदवार भएको महाधिवेशन प्रतिनिधि केशव भण्डारीले बताउनु भयो ।

सापकोटाले काठमाण्डौको होटल सोल्टीमा आजदेखि शुरु भएको एनआरएनए को ११ औं महाधिवेशनमा केन्द्रिय सचिव पदमा उम्मेदवारी दिनु भएको हो । करिब ६० देशका चार हजार दुइ सय २७ प्रतिनिधि रहेको उक्त महाधिवेशनको अध्यक्ष पदमा महेश श्रेष्ठ, बद्रि केसी, आर के शर्मा र रविना थापाले उमेदवारी दिनु भएको छ । उक्त महाधिवेशनको सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नु भएको थियो ।