गुल्मीको वामी कोतमा दाताहरुद्वारा ३० लाख बराबरको संरचना निर्माण

admin

२०८० कार्तिक ७ गते, मंगलवार १५:२५ मा प्रकाशित

 

जनार्दन घिमिरे

गुल्मी, कात्तिक ७ । गुल्मीको मुसिकोट नगरपालिकामा केही दाताहरुले लाखौं रकम बराबरको रकम मन्दिरको भौतिक संरचना निर्माणमा सहयोग गर्नु भएको छ । मुसिकोट नगरपालिका ८ अन्र्तगत वामी मैदानमा रहेको खड्क निशान देवीको मन्दिर (वामी कोत) मा स्थानीय दाताहरुबाट निशुल्क रुपमा प्रवेशद्वार निर्माणका अतिरिक्त, मन्दिरमा घण्टी र खँुडा प्रदान गर्नु भएको हो ।

रोजगारीको सिलसिलामा विदेश गई हाल जापानमा व्यवसाय गर्दै आउनु भएका मुसिकोट नगरपालिका ८ निवासी कृष्ण सापकोटा (शर्र्मा) र सुदिप सापकोटाले आफ्ना स्वर्गीय बुवा हरिलाल सापकोटा र आमा बुद्धिकला सापकोटाको स्मृतीमा २२ लाख रुपैंया बराबरको सहयोग गर्नु भएको हो । उहाँहरुले उक्त रकमबाट कोतमा जाने मन्दिरको प्रवेशद्वार निर्माण गरिदिनु भएको थियो । सापकोटा शर्माले धर्म र संस्कृतिको संवद्र्धन र जगेर्नाका लागि पनि केही गर्नु पर्छ भनेर पितृको सम्झनामा उक्त प्रवेशद्वार निर्माण गरेको बताउनु भयो ।

त्यसैगरि हाल वामीमा बसोवास गर्ने र जापानमै होटल व्यवसाय सञ्चालन गर्दै आउनु भएका वडा नं ८ अन्र्तगत दाल्का निवासी कृष्णप्रसाद सापकोटा, घनश्याम सापकोटा, गोपालप्रसाद सापकोटा, भिमलाल सापकोटा र राम सापकोटाले करिव चार लाख बराबरको लागतमा खुँडा निर्माण गर्नु भएको छ । उहाँहरुले आफ्ना स्वर्गीय बुबा मोतिलाल सापकोटा र स्वर्गीय आमा तनकला सापकोटाको स्मृतीमा परिवारको तर्फवाट संयुक्त रुपमा मन्दिर परिशरमा खुँडा स्थापना गरिदिनु भएको हो ।

उहाँहरुको सहयोगमा निर्माण गरिएको खुँडा मन्दिर परिशरमा राखिएको छ । उक्त खुँडा हेर्नको लागि दशैको अवशरमा श्रद्धालुहरुको निकै घुँईचो लागेको छ । उक्त खुँडाको तौल एक क्वीण्टल भन्दा बढी रहेको सहयोगदाता घनश्याम सापकोटाले जानकारी दिनु भएको छ । मन्दिरलाई सहयोग गर्ने क्रममा स्वर्गीय मणिरत्न घिमिरेको स्मृतीमा उहाँकी धर्मपत्नी डिलादेवी घिमिरेको परिवारबाट एक सय तीन किलोको घण्टी सहयोग गर्नु भएको छ ।

यसरी दाताहरुवाट प्राप्त संरचना र सामग्रिहरुको बडादशैको अवशरमा मुसिकोट नगरपालिका प्रमुख जीवन खरेल र पुर्व नगर प्रमुख सोमनाथ सापकोटाले समुद्घाटन गर्नु भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भिमसेन केसीले जानकारी दिनु भएको छ । उहाँले आगामी दिनमा यस्तै मनकारी दाताहरुको सहयोगमा कोतलाई प्रतिष्ठानकै रुपमा अगाडी बढाउने बताउनु भयो ।