२ चैत्र २०८१, आईतवार
जङ्गली च्याउ खाँदा गुल्मीमा तीन जना बिरामी

गुल्मी, कात्तिक १४ । जङ्गली च्याउ खाँदा गुल्मीमा तीन जना बिरामी परेका छन् । बिरामी पर्नेहरुमा जिल्लाको ईस्मा गाउँपालिका ६ बुल्मका ३९ वर्षीय सरिता कुमाल, ११ वर्षीय बिमल कुमाल र आठ वर्षीय सुस्मा कुमाल रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
जङ्गली च्याउ खाएपछि बिरामी परेका तीनै जनाको अहिले मिसन अस्पताल पाल्पामा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) डिल्लीनारायण पाण्डेले जानकारी दिनु भएको छ । उनीहरु घर नजिकै खेतमा उम्रिएको च्याउ खाँदा सोमबार बिरामी परेको सरिता कुमालका श्रीमान बृष बहादुर कुमालले बताउनु भयो ।