२४ आश्विन २०८१, बिहीबार
चुँदरा समुदायको पुख्यौंली ठेका बनाउने पेसा संकटमा
१९ कात्तिक, गुल्मी । चुँदरा समुदायले परम्परागत प्रविधिको प्रयोग गरेर काठका ठेकी बनाउने पेसा संकटमा पर्दै जान थालेको छ । पछिल्लो समय बजार प्लाष्टिक र स्टिलका सामान पाइन थालेसँगै काठको ठेकी बनाउने पेसा संकटमा पर्दै जान थालेको छ ।
गुल्मी जिल्लाका विभिन्न स्थानका चुँदरा समुदायले परम्परागत प्रविधिको प्रयोग गरेर तयार गरिने काठका ठेकी बनाउने पेसा संकटमा पर्दै जान थालेको छ ।
पछिल्लो समय पुराना पुस्ताहरु सकिदै जानु र नयाँ पुस्ताहरु यस पेसा तर्फ नलाग्नुले पनि यो पेसा संकटमा गर्दै जान थालेको रेसुङ्गा नगरपालिका वडानम्बर ७ मा ठेका निर्माण गर्दै आएका जयबहादुर चुँदराले बताउनुभयो । उहाँले बाउ बाजेदेखिको पुख्यौंली पेसालाई हालसम्म पनि निरन्तरदा दिँदै आउनु भएको छ ।
यहिँ पेसाबाट घरखर्च चलाउदै आएका चुँदराले गाँउ घरमा गाई भैंसी पालन कम हुँदै गएपछि यसको माघ घटदै उहाँको भनाइ छ । परम्परागत तरिकाले बढी मेहनत हुँने भएपछि मेनिसद्धारा ठेका निर्माण गर्दै आएको बताउनुभयो ।
अहिले पुख्यौंली पेसालाई निरन्तरता दिने काम मात्रै भएको चुँदरा व्यवसायीको तर्क रहेको छ । बजारी करणमा राज्यले ध्यान दिनसके पुख्यौंली पेसा संरक्षण र रोजगारीको माध्यम पनि बन्ने उहाँको भनाइ छ ।
जयबहादुरले निर्माण गरेका केहि ठेकाहरु तम्घासमा रहेको कोसेली घरले केहि मात्रामा बिक्री गर्दै आएको छ । तर उहाँले धेरै उत्पादन गर्न सक्ने भएकाले बिक्री गर्न समस्या हुँदै आएको छ ।
बजारमा पाइने पलास्टीकका सामाग्रीहरुको प्रयोगले पनि काठका ठेका लगायत विभिन्न सामाग्रीहरु बिक्री पनि कम हुँदै जान थालेपछि यो पेसा गर्नेहरु घटदै जान थालेको छ । मेहेनत धेरै लाग्ने र सीपको आवश्यकता हुने भएकाले युवापुस्ताको आकर्षण यो व्यवसायमा कम छ ।
काठका भाडामा राखेको दुग्धजन्य पर्दा मीठो र नसड्ने भएकाले पुरानो पुस्ताले खोजी गरे पनि नयाँ पुस्तामा प्लाष्टिकको मोह बढी रहेकाले व्यवसाय नै संकटमा पर्न थालेको छत्रकोट गाउँपालिकाको वडानम्बर १ मा ठेका निर्माण गर्दै आएका यमन सुनारले बताउनुभयो । उहाँले गुल्मी महोत्सवमा नयाँ पुस्तालाई ठेका निर्माण गरेको प्रत्यक्ष देखाउन स्टल राखेर नै ठेका निर्माणको काम गरिरहनु भएको छ ।
परम्परागत तरिकाले काम गर्दा मेहनत बढी लाग्ने भएकाले सामाग्री पनि महङ्गो हुने गरेको उहाँको भनाइ छ । आधुनिक तरिकाले निर्माण गर्न मेहिन लगायतका औजारको आबश्यक पर्ने भएकाले त्यसको जोहो गर्न नसक्दा परम्परागत तरिकाले अहिलेसम्म ठेका बनाउने कार्य गर्दै आएको सुनारले बताउनुभयो ।
बजारमा माग पनि नभएकाले पेसा नै संकटमा पर्दै गएको उनको भनाइ छ । ठेका बनाउन गिठीको काठ आवश्यक पर्दछ ।
यो काठ जहाँ पायो त्यहि पाइदैन् । अर्को ठेका बनाउन धेरै मेहनत लाग्ने भएकाले पनि महङ्गो हुन्छ । ठेकीलाई व्यवसायीले मानाको एक हजार देखि साइज अनुसारले बिक्री गर्ने गरेका छन् ।
निजी जंगलमा पाइने गिठीको काठबाट बनाइने ठेकी गाउँघरमा दूध दही राख्नका लागि प्रयोग हुने गर्दछ । गाउँमा प्रसशस्त मात्रामा गाई भैँसी पाल्नेहरुले काठमा ठेकीमा दूध, दही, महि, घिउ राख्ने गर्दर्थे ।
तर आजभोलि गाउँघर तिर गाई भैँसी पाल्नेहरु पनि घट्दै गएका छन् । त्यसैले पनि यसको प्रयोग घट्दो छ ।
अर्को यसको मूल्य महङ्गो हुनेहुँदा बजारमा पाइने पलास्टीक र स्टीलका सामानहरुको प्रयोग गर्नेहरु बढदै जान थालेका छन् । ठेका बनाउने पेसा अझै पनि परम्परागत प्रविधिको प्रयोग गरेर बनाउने चलन रहेको छ ।
यसको केहि ठाउँमा आधुनिक तरिकाले पनि निर्माण गरेको पाइन्छ ।