गुल्मीमा आगलागिबाट ३५ लाख बराबरको क्षती

admin

२०८० कार्तिक २० गते, सोमबार ११:४९ मा प्रकाशित

 

गुल्मी, कात्तिक २० । गुल्मीमा पसलमा आगलागी हुँदा पार्किङ गरि राखेका दुइवटा मोटरसाइकल सहित ३५ लाख बराबरको क्षति भएको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिका ७ फेँदिमा गएराती टोप बहादुर बस्नेतको किराना पसल राखेको घरमा अचानक आगलागी हुँदा उक्त क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

आगलागीबाट एक सय ५० सिसीको पल्सर मोटरसाइकल, हिरोहोण्डा मोटरसाइकल समेत पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागि हुँदा नगद दुई लाख रुपैंया सहित सुन, ग्याससिलीण्डर, चामल, र लत्ताकपडा गरि ३५ लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

गएराती मध्यान्ह १२ बजेको समयमा लागेको उक्त आगो दमकलको सहयोगमा स्थानीयवासी र प्रहरीको सहयोगमा चार घण्टापछि मात्र नियन्त्रणमा आएको थियो । कसरी आगलागि भयो भन्ने विषयमा थप अनुषन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक नविन किशोर प्रधानले बताउनु भएको छ ।