भुजेलखर्कका चेतमान मंसिर १ गतेदेखी सम्पर्क बिहिन

admin

२०८० मंसिर ४ गते, सोमबार २०:०४ मा प्रकाशित

अनिल खत्री

४ मंसिर, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर ७ भुजेलखर्क निवासी चेतमान चुँदरा सम्पर्क बिहिन भएका छन् । मंसिर १ गते दिउँसो १२ः ३० बजे घरबाट निस्किएका चुँदरा हालसम्म घर नफर्किएको परिवारले जनाएका छन् ।

६२ वर्षिय चुँदरा घरबाट निस्कने समयमा निलो कलरको ट्रयाक, ढाका टोपी गलबन्दी र पाइट लगाएर घर परिवारसंग केही नभनी निस्किएको परिवारले बताएका छन् । आफन्तीहरुको मा बुझदा अहिले सम्म कहिंकतै पनि सम्पर्कमा नआएको परिवारले बताएका छन् ।

उनलाई खोजी कार्य गरिदिनु परिवारले प्रहरी समक्ष आग्रह समेत गरेका छन् ।