पुनर्जन्म पश्चात पहिलोपटक जिल्ला आउदै डा चन्द्र भण्डारी

admin

२०८० मंसिर ७ गते, बिहीबार १०:३६ मा प्रकाशित

गुल्मी मंसिर ७,

नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा गुल्मी क्षेत्र नम्बर एकका सांसद माननीय डा चन्द्र भण्डारी नेपाली कांग्रेस गुल्मीको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्नका लागि गुल्मी आउँदै हुनुहुन्छ । गत फागुन ३ गते काठमाडौंमा भएको दुर्घटना पश्चात उहाँ पहिलोपटक जिल्लाभ्रमणमा आउन लाग्नुभएको नेपाली कांग्रेस गुल्मीका पार्टी सभापति खिलध्वज पन्थीले बताउनुभयो । माननीय सांसद चन्द्र दाजु  पुनर्जीविन पाए पश्चात पहिलोपटक जिल्लामा आउँदै हुनुहुन्छ ।  “हामीहरु उहाँलाई स्वागत गर्न र उहाँका सम्बोधन सुन्नका लागि आतुर छौं” पार्टी सभापति खिलध्वज पन्थीले बताउनुभयो ।

विकासप्रेमी नेता डा चन्द्र भण्डारी गत फागुन ३ गते आफ्नै घरमा भएको विस्फोटमा परी घाइते हुनुभएको थियो उक्त घटनामा उहाँकी ममतामयी माताको निधन भएको थियो भाग्यले उहाँलाई पुनर्जन्म दियो ।  जिल्लाको विकास कार्यमा कहिल्यै नथाक्ने डा चन्द्र भण्डारी ले परिकल्पना गरेको रिडीको तिनमुखे पुल निर्माण सम्पन्न भइ पर्यटक आकर्षणको रुपमा स्थापित भएको छ । गुल्मी जिल्लाको विकासका लागि पर्यटनको प्रचुर सम्भावना रहेकाले सालझण्डी पटौटि खर्ज्याङ तम्घास मोटरबाटो लाई पुरा गरी जिल्लाको विकास अभियान अगाडी बढ्ने बताउनुहुन्छ नेता भण्डारी । उहाका अनुसार खर्ज्याङ रिडि वामीटक्सार मोटरबाटो पूरा गरी उक्त क्षेत्रमा पर्ने पुलहरु निर्माण सम्पन्न भएपश्चात् जिल्लाको विकासले गति लिने छ ।

नेता भण्डारीले रुरु क्षेत्रमा रहेको कालीगण्डकीमा बांध बाँधी पर्यटकीय सौन्दर्य तथा र्याफ्टिगं को व्यवस्था गरी उक्त क्षेत्रको विकास तथा सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा  क्षेत्रको विकासमा आफु लागिपरेको बताउनुभयो। जिल्लाभित्रका अन्य साना ठूला योजनाहरु विभाग तथा मन्त्रालयमा पेश गरिएको र छिट्टै नै उक्त योजनाहरुलाई कार्यान्वयन हुनकालागि आफू लागि परेको बताउनुहुन्छ ।

नेपाल एयरलाइन्सको विमानबाट ८ गते गुल्मी आइ ३ दिनमा काठमाडौं फर्कने कार्यक्रम रहेको उहाका स्वकिय सचिव बोधराज कणेलले बताउनुभयो । डाक्टरका अनुसार ३ दिनमा फिजियोथेरापी नगरेमा समस्या आउने हुदा यसपटकको जिल्ला बसाई छोटो रहेको बोधराज कणेलले बताउनुभयो