दुर्घटनापछि पहिलो पटक गृह जिल्ला आउँदा भावुक बने ः भण्डारी

admin

२०८० मंसिर ८ गते, शुक्रबार १६:३५ मा प्रकाशित

भष्ट्राचार देश विकासको पहिलो बाधक

 

जनार्दन घिमिरे

गुल्मी, मङ्सिर ८ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा गुल्मी क्षेत्र नम्बर एकका सांसद डा.चन्द्रकान्त भण्डारीले देशको विकासको प्रमुख बाधक भष्ट्राचार भएको बताउनु भएको छ । भष्ट्राचार देशको लागि ठूलो रोग भएकोे भन्दै नेता भण्डारीले जबसम्म भष्ट्राचारलाई न्यूनिकरण गर्न सकिदैन तबसम्म जनताले आशा गरे अनुसारको विकासको प्रतिफल प्राप्त गर्न नसकिने बताउनु भयो ।

गत फागुन ३ गते काठमाडौं स्थीत आफ्नै घरमा ग्यास दूर्घटनामापरि शक्त घाईते हुनुभएका भएका भण्डारी दूर्घटनामा परेको नौ महिनापछि पहिलो पटक गृह जिल्ला गुल्मी आईपुग्नु भएको हो । नेपाल वायुसेवा निगमको जहाजमा शुक्रबार गुल्मी आईपुग्नु भएका भण्डारीले रेसुङ्गा बिमानस्थलमा पत्रकारहरुसँग कुरागर्दै मुलुक नबनेसम्म भावि सन्ततीहरुको भविष्य पनि नबन्ने भन्दै आफुहरु मुलुक बनाउने अभियानमा लागेको बताउनु भयो ।

आगोको जलनबाट मृत्युको मुखमा पुगेर बाँच्न सफल बन्नु भएका भण्डारी गृह जिल्लामा आउँदा एकातिर खुसि देखिनुहुन्थ्यो भने अर्कोतिर सञ्चारकर्मीहरुसँग कुरा गर्ने क्रममा उहाँ निकै भावुक समेत बन्नु भएको थियो । बोल्ने क्रममा गहभरि आँसु टिल्पिलाउँदै काँग्रेस नेता भण्डारीले जिल्लाको माया र आफ्नो विकासको सपनासँगै सबै शुभचिन्तकहरुको आर्शिवादका कारण आफु मृत्युको मुखबाट उम्किन सफल बनेको भन्दै सबैमा धन्यबाद प्रकट गर्नु भएको थियो ।

उहाँले नेपाल संसारको सबै भन्दा राम्रो देश भएको भन्दै मुलक राम्रो बने देश अघि बढ्न सक्ने तर्क गर्नु भयो । गुल्मीलाई नेपालको नमूना जिल्ला बनाउन आफुले कोरेको विकासको गोरेटालाई पुर्णतादिने काममा सधै लागि पर्नेमा जोड दिनु भयो ।

सनिबार गुल्मीको सदरमुकाम तम्घासमा शुरु हुन गईरहेको नेपाली काँग्रेस गुल्मीको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्न भण्डारी गुल्मी आउनु भएको हो । दुर्घटना पश्चात पहिलो पटक पुर्नजीवन पाएर जिल्लामा आउनु भएका भण्डारीको आगमनले आम जिल्लावासीहरुमा थप खुसि र उत्साह थपिएको नेपाली काँग्रेसका पार्टी सभापति खिलध्वज पन्थीले बताउनु भयो ।

दोश्रो जिल्ला सम्मेलनमा नेपाली काँग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतका केन्द्रीय नेताहरु सनिबार गुल्मी आउने कार्यक्रम रहेको पाटि सभापति पन्थीले जानकारी दिनु भएको छ ।