८ बैशाख २०८२, सोमबार
देविसँग चिच्चाएर आर्शिरवाद माग्दै मालिका मेला सम्पन्न
अनिल खत्री
११ मंसिर, गुल्मी । गुल्मी जिल्लाको धार्मिक तथा पर्यटकीय स्थलका रुपमा परिचित मालिका मन्दिरमा चिच्चाएर वर माग्ने मेला सम्पन्न भएको छ । शिब बैकुण्ठ चतुदर्शी दिन व्रत बसि शुक्ला पुर्णिमाको अवसर पारेर दर्शन गर्ने तथा पूजाआरधा गर्ने दर्शनार्थीहरुको घुइँचो लाग्ने गर्दछन् ।
यस क्षेत्रकै प्रसिद्ध मानिने मुसिकोटर नगरपालिकाको वडानम्बर ५ स्थित कुर्घामा मालिका देवीको दर्शन गरि चिच्चाएर वर माग्दा आफ्नो मनोकाङक्षा पूरा हुने धार्मिक जनविश्वास रहदै आएको छ । प्रत्येक वर्ष शिब बैकुण्ठ चतुदर्शीको अवसरमा मालिका मन्दिरमा विशेष मेला महोत्सव पूजाआरधा, आफ्ना भाक्कलहरु चढाउने, मालिकादेवी दर्शनसँगै मालिका मेलाको अवलोकन र मनोरञ्जनको लागि परम्परादेखि नै उल्लेख्य मात्रमा दर्शनार्थीहरुको घुइँचो लाग्ने गर्दछ ।
मालिका मेलाको अबसरमा विविध साँस्कृतिक कार्यक्रमहरु समेत आयोजना गरिएको थियो । साँस्कृतिक कार्यक्रममा कलाकार प्रकाश दुधराज, पबित्रा सर्तुङ्गी मगर, ओम सेञ्चुरी लगायतका कलाकारहरुको सहभागिता रहेको थियो ।
मेलाको अवसरमा स्थानीय कला संस्कृति झल्कीने नृत्य, भजन र वार्ड स्तरीय लोक नृत्य समेत प्रस्तुत गरिएको थियो । मालिका क्षेत्रको पर्यटकिय महत्वलाई बाहिर ल्याउने उदेश्यले पछिल्ला केहि वर्ष यता साँस्कृतिक कार्यक्रमहरु पनि राखिदै आएको स्थानिय व्यवसायी ज्ञानहरि सापकोटाले बताए ।
मालिकाको दर्शन गर्न गुल्मी तथा छिमेकी जिल्ला बाग्लुङ्ग र अर्घाखाँची लगायतका विभिन्न स्थानहरुबाट आइतबार साँझदेखि नै हजारौँ शदालु भक्तजनहरु कुर्घा पुग्ने गरेका छन् । मालिका देवीको दर्शन गर्न आएका शदालु भक्तजनहरुको घुइँचोले मालिका क्षेत्रमा चहलपहल बढनाले मन्दिर आसपासमा रहेका होटल, पुजाका सामाग्री, फलफूल लगायतबाट व्यापारीहरुले लाखांैको कारोबार गर्ने गर्दछन् ।
मन्दीरमा रातभर जागाराम बसेका शद्धालु भक्तजनहरुले सोमबार बिहान पुजा गरेर फर्किएका छन् । मेलाको अवसर पारेर मुसिकोट नगरपालिकाले आइतबार सार्वजनिक बिदा समेत दिएको थियो ।