समृद्ध नेपालका लागि एमालेको एकल बहुमत : ओलि 

admin

२०८० मंसिर २० गते, बुधबार १९:०५ मा प्रकाशित

गुल्मी, मंसिर २० । नेपाल एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपि शर्मा ओलिले नेकपा एमाले बाहेकले देश बनाउन नसक्ने बताऊनु भएको छ। एमालेको झुलाघाट–चिवा भञ्ज्याङ्ग राष्ट्रिय समृद्धि यात्राको सन्दर्भमा गुल्मीको वामी आएका ओलिले नेकपा एमालेको एकल बहुमत बिना समृद्ध नेपाल निर्माण असम्भव भएकाले जनभावना बुझ्न् यो समृद्ध यात्रा सुरु गरिएको बताउनु भयो। आफुले यात्राका क्रममा एमाले प्रति  जनताको उर्जा व्यापक भएकाले मिसन ०८४ का लागि योजनाबद्ध रुपमा काम गर्न एमाले निकट कमिटी र नेताकार्यकर्तालाई आग्रह गर्नु भयो। एमाले काम गर्ने पार्टी र देशमा समृद्धिको संभावना भएकाले देशका कुनाकाप्चाका जनताको समस्या, बिकासको अवस्था र सरकारका कामका बारेमा बुझ्ने मौका समृद्ध संकल्प यात्राले दिएको ओलिले बताउनु भयो। त्यस्तै प्रमुख प्रतिपक्षी दलका नेता ओलिले भुकम्पको अवस्था समेत बुझने मौका मिलेकाले राहत र पुनर्निर्माणमा सरकारको लज्जास्पद स्थिति रहेको टिप्पणी गर्नु भएको थियो । उहाले सामान्य पालमा सुत्केरी, शिशु र वृद्धबृदाको अबस्था कन्तबिजोक अबस्थामा रहेकाले सरकारले काममा तिब्रता दिनुपर्ने बताउँदै भुकम्पमा अस्थायी आवास निमार्ण र भग्नावषेस हटाउन खटिएका एमाले स्वमसेबकले गरेको काम निकै उदाहरणीय रहेको भन्दै प्रसंशा ब्यक्त गर्नु भएको थियो।