२४ आश्विन २०८१, बिहीबार
प्रेस काउन्सिलद्वारा गुल्मीमा मोफसलका गुनासा संकलन
गुल्मी मंसिर २२ । प्रेस काउन्सिल नेपालको आयोजना एवं नेपाल पत्रकार महासंघ गुल्मीको संयोजनमा गुल्मीमा पत्रकारसँग पत्रकारिता आचारसंहिता जागरण कार्यक्रमको आयोजना गरिएको छ । प्रेस काउन्सिलले आयोजना गरेको जागरण कार्यक्रममा पत्रकारलाई पत्रकारिता अन्तर्गत गर्न हुने र गर्न नहुने विषय वस्तुको बारेमा जानकारी गराइएको थियो ।
सोही अवसरमा प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य ठाकुर बेल्वासेले पत्रकार आचार संहिता सम्बन्धी जानकारी गराउँदै पत्रकारले पत्रकारिताको मर्म र भावना अनुसार काम गन आग्रह गर्नु भएको थियो । जागरण कार्यक्रममा क्रियाशील पत्रकारले समस्याको बारेमा जिघासा राखेका राख्नु भएको थियो । पत्रकारहरुले पछिल्लो समयमा व्यवसायीक पत्रकारहरु पत्रकारितामा रहिरहन समस्या परिरहेको बताउनु भएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले काउन्सिल परिवारलाई स्वागत गर्दै जिल्लास्थित संचार माध्यमको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो ।सोही सहायक सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले संचारकर्मीहरुलाई सुचना उपलब्ध गराउने विषयमा आफुहरुले समन्वयकारी भूमीका निर्वाह गरेको भन्दै आउँदा दिनमा स विषयमा अझ बढी सहजता ल्याउने प्रतिबद्धता जनाउनु भएको थियो ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झबिन्द्र भुसालले पत्रकारिता क्षेत्रका समस्या बुझेको र त्यसको बिषयमा आफुहरु गम्भीर रहेको जानकारी गराउँदै यस विषयमा जागरण ल्याउनका लागि जिल्लाजिल्लामा आचार संहिताका बिषयमा काउन्सिलले कार्यक्रम शुरु गरेको बताउनु भयो । प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य शरद अधिकारीले आफूहरुले संचार माध्यमको अनुगमन र नियमन गरिरहेको बताए । प्रेस काउन्सिल नेपालले आयोजना गरेको कार्यक्रममा जिल्लाका सरोकारवाला निकाएहरुको सहभागिता रहेको थियो ।