२ चैत्र २०८१, आईतवार
गुल्मीमा बोका चोरेको आरोपमा २ जनापक्राउ

अनिल खत्री
२ पुस, गुल्मी । गुल्मीमा बोका चोरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको जिल्ला रेसुङ्गा नगरपालिका वडानम्बर ७ बस्ने २३ वर्षका विरेन्द्र परियार र सोही स्थानकै परिवर्तित नाम ४६ रेसुङ्गा (१) लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक ( डिएसपी ) डिल्लीनारायण पाण्डेले बताउनुभयो ।
गत मंसिर १५ गते राति रेसुङ्गा नगरपालिका वडानम्बर ५ बर्दबास बस्ने बिष्णु कुमारी जोगी कुँवरले आफ्नै घरमा पालीराखेको अन्दाजी २२ किलोको बोका खोरबाट अज्ञात ब्यक्तिले चोरी गरि लगेको भन्ने निवेदन प्रहरी कहाँ आएको थियोे । बोका चोरेको आरोपमा उनिहरुलाइ गुल्मीदरवार गाउँपालिका वडानम्बर १ मा फेला पारी पक्राउ गरि सोधपुछ गर्ने क्रममा चोरी गरेको बोका काटि केहि मासु खाएको र केही मासु बिक्री गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको डिएसपी पाण्डेले बताउनुभयो । पक्राउ परेका २जनालाई गुल्मी जिल्ला अदालतबाट म्यादथप गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।