गुल्मीमा वन सेवाका कर्मचारीलाई भिन्नै पोशाक र दज्र्यानी चिन्ह

admin

२०८० पुष ९ गते, सोमबार २०:५३ मा प्रकाशित

जनार्दन घिमिरे

गुल्मी, पुस ९ । डिभिजन वन कार्यालय गुल्मीका वन सेवा कर्मचारीहरुका लागि भिन्नै पोशाक र दज्र्यानी चिन्ह प्रदान गरिएको छ । कार्यालयले दज्र्यानी चिन्ह प्रदान कार्यक्रम आयोजना गरि कर्मचारीहरुलाई पदीय मर्यादा अनुसार छुट्टाछुट्टै रुपमा दज्र्यानी चिन्ह प्रदान गरिएको हो ।

दज्र्यानी चिन्ह प्रदान गर्दै प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले प्रदेश सरकाले वन सेवाका कर्मचारीहरुको भावना अनुसार भिन्नै प्रकारको पोशाक र दज्र्यानी चिन्ह उपलब्ध गराएसँगै कर्मचारीहरुको मनोवल पनि उच्च रहने बताउनु भयो । उहाँले आगामि दिनमा कर्मचारीहरुलाई काम प्रति उत्साहित र थप उत्प्रेरणा बढाउनुका साथै यसले आत्म सम्मान बढाउने विचार व्यक्त गर्नुभयो।

कार्यक्रममा डिभिजन वन कार्यालय गुल्मीका प्रमुख जिवन पँगेनीले वन सेवाका कर्मचारीहरु अधिकांस समय फिल्डमा खटिएर कामकाज गर्नु पर्ने भएका कारण भिन्नै प्रकारको पोशाकवाट सर्वसाधारणले कर्मचारीहरुलाई सहजै पहिचान गर्न पनि मद्दत पुग्ने बताउनु भयो । सोही कार्यक्रममा प्रहरी उपरिक्षक नविन किशोर प्रधानले पोशाकको गरिमा निकै महत्वपूर्ण र अर्थपुर्ण रहने भन्दै यसको गरिमा र मर्यादालाई सधै जोगाई राख्नु पर्नेमा जोड दिनु भएको छ ।

डिभिजन वन कार्यालय अन्र्तगतका सबै कर्मचारीहरुलाई छुट्टै किसिमको पोशाक र दज्र्यानी चिन्ह प्रदान गरिएको डिभिजन वन कार्यालय गुल्मीका वन अधिकृत पंङकज कुमार ठाकुरले जानकारी गराउनु भएको छ । लुम्बिनी प्रदेश सरकारले वन ऐन २०७८ र प्रदेश वन नियामवली २०७९ मा वन सेवाका कर्मचारीहरुका लागि भिन्नै पोशाक र दज्र्यानी चिन्हको व्यवस्था गरिएको छ ।