३ असार २०८२, मंगलवार
बिवाहको खर्च कटाएर गाउँमै विशेषज्ञ सहितको स्वास्थ्य शिविर

जनार्दन घिमिरे
गुल्मी, पुस १४ । हाम्रो समाजमा पछिल्लो समयमा बिवाह र भोज भतेरमा लाखौं रकम खर्च गर्ने प्रचलन बढ्दै गएको छ । तर गुल्मी जिल्लामा भने नव बिवाहित एक दम्पतीले बिवाहमा गर्ने पजुल खर्चलाई कटाएर सामाजिक कार्यमा लगानी गरेका छन ।
गुल्मीको रेसुङ्गा नगरपालिका ३ अन्र्तगत भाडगाउँका सञ्चारकर्मी समेत रहनु भएका नवबिवाहित मोहन बस्नेतलले बिवाहको भोजमा गर्ने फजुल खर्च रकमलाई कटाएर गाउँका गरीब तथा विपन्न नागरिकका लागि विशेषज्ञ सहितको स्वास्थ्य शिविरको आयोजना गर्नु भएको छ । उहाँले आफ्नो जन्मभूमिमा केही भएपनि सेवा गर्नुपर्छ भनेर बिवाहमा पनि कुनै प्रकारको तडक भडक नगरि त्यसलाई सामाजिक कार्यमा लगाउने उद्देश्यले गाउँमा निःशुल्क स्वास्थ्य शिबिर राखेको बताउनु भयो ।
शिविरमा महिला तथा स्त्री रोग विशेषज्ञ, छाती तथा मुटु रोग विशेषज्ञ, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ र नशा तथा मनोरोग विशेषज्ञ डाक्टरहरुलाई बुटवलदेखी गुल्मी स्थीत आफ्नै जन्मथलोमा लगेर स्थानीय वालवालीकादेखि वृद्धवृद्धासम्मको निशुल्क रुपमा स्वास्थ्य परीक्षण गराईएको थियो ।
शिविरमा इसिजी, रगत, परीक्षण र भिडियो एक्सरेको प्रबन्ध गर्नुका साथै स्वास्थ्य परीक्षणका अतिरिक्त बिरामीहरुका लागि निःशुल्क रुपमा औषधिको समेत बितरण गरिएको थियो । बिहेको भोजमा हुने फजुल खर्चलाई बचाएर समाजमा गरिने यस्ता प्रकारका कामबाट गरीब तथा विपन्न वर्गलाई ठूलो राहत पुगेको वडाध्यक्ष बाबुराम खत्रीले बताउनु भयो । उहाँले यस्ता प्रकारका सामाजिक कार्यले आउँदा दिनमा अरुलाई पनि थप प्रेरणा प्रदान गर्ने र समाजमा पनि राम्रो सन्देश प्रवाह गर्ने बताउनु भयो ।
आफ्नै घरदैलोमा आएर बिशेषज्ञ सहितको सेवा पाउँदा आफुहरु निकै खुसि भएको स्थानीय पम्फा बिश्वकर्माले बताउनु भयो । उहाँले यस्ता प्रकारका पुण्य कामबाट आफु जस्ता धेरै मानिसलाई सहयोग पुग्ने भन्दै एक दिनका लागि भोज खुवाउनु भन्दा मानिसको उपचार गर्नु ठूलो धर्म भएको बताउनु भयो ।
सञ्चारकर्मी बस्नेतले यस अगाडि पनि जिल्ला र जिल्ला बाहिरसम्म पुगेर विपन्न तथा असहायहरुलाई सहयोग गर्दै आउनु भएको छ । आज भएको एक दिने शिबिरमा तीन सय भन्दा बढी बिरामीहरुको निशुल्क रुपमा स्वाथ्य परिक्षण गरिएको थियो ।
https://fb.watch/pfPwd6wBGO/?mibextid=Nif5oz
https://fb.watch/pfPwd6wBGO/?mibextid=Nif5oz