२४ आश्विन २०८१, बिहीबार
गुल्मी युनाइटेडको बचत तथा ऋण सहकारीको अध्यक्षमा पन्थी निर्वाचित
मनु सुनार / पुस १५
गुल्मी – गुल्मी युनाइटेड बचत तथा ऋण सहकारी संस्था लिमिटेड तम्घास गुल्मीको अध्यक्षमा रामप्रसाद पन्थी विजयी हुनुभएको छ । पन्थी ३८५ मतका साथ निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धि हरिप्रसाद पाण्डेले ३४८ मत प्राप्त गर्नुभयो । यस्तै उपाध्यक्षमा नारायण जिसिले ४१२ मत प्राप्त गर्दै विजयी हुनुभएको छ ।
उहाँका प्रतिस्पर्धि ढुण्डीराज पोखरेलले ३१८ मत प्राप्त गर्नुभयो । यस्तै सचिवमा विनोद पाण्डेले ३६३ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धि कृष्ण खनालले ३५९ मत प्राप्त गर्नुभयो । सहकारीको नयाँ नेतृत्व चयनका लागि शनिबार महेन्द्र माध्यमिक विद्यालय तम्घासमा बिहान ९ बजे देखि अपरान्ह ४ बजेसम्म मतदान भएको थियो । ११ सय २१ कुल मतदाता रहेको यससहकारीमा नयाँ नेतृत्व चयनका लागि ७ सय ५२ जनाले मतदान गरेका थिए । कोषाध्यक्ष सहित सदस्यहरु सर्वसहमतिले चयन गरिएको थियो । जसको कोषाध्यक्षमा तुल्सीराम पाण्डे, सदस्यहरुमा प्रकाश भलामी, जंग बहादुर कुँवर, मनिराम अर्याल, अर्जुन कार्की चन्द्रकान्त भण्डारी, लालमणी आचार्य, सीता केसी,जमुना न्यौपाने, शशि केसी, सर्वसहमत निर्वाचित हुनुभएको थियो । लेखा संयोजकमा रेशम कुँवर तथा सदस्यहरुमा सूर्य पन्थी र कल्पना भण्डारी चयन हुनुभएको छ ।
२०६४ साल भाद्र १२ गते सहकारी डिभिजन कार्यालय पाल्पामा दर्ता गरि ३ सय ५० जना शेयर सदस्य र ७० लाख शेयर पुँजीबाट सञ्चालन भएको यो सहकारीमा हाल ११ सय २१ जना शेयर सदस्य र ८ करोड २५ लाख शेयर पुँजी तथा ४५ करोड कुल पुँजी रहेको छ