३ असार २०८२, मंगलवार
संसदीय मामिला पत्रकार समाज लुम्बिनीको अध्यक्षमा घनश्याम गौतम

गुल्मी पुस २१
संसदीय मामिला पत्रकार समाज लुम्बिनी प्रदेशको अध्यक्षमा रेसुङ्गा न्यूजका सुभेच्छुक तथा बरिष्ठ पत्रकार घनश्याम गौतम निर्विरोध निर्वाचित हुनुभएको छ । शनिबार लुम्बिनीमा सम्पन्न समाजको दोस्रो अधिवेशनले गौतमको नेतृत्वमा नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो ।
अधिवेशनबाट उपाध्यक्षमा केपी घिमिरे, महासचिवमा नारायण खडका, सचिवमा दिपक घिमिरे र राधा बस्नेत, कोषाध्यक्षमा दशरथ घिमिरे निर्विरोध निर्वाचित हुनु भयो । त्यसैगरी सदस्यहरुमा टोपराज शर्मा, अमरराज भण्डारी, यमकला भुसाल, छवि पुरी, किरण जिसी र अर्जुन अधिकारी निर्वाचित हुनुभएको छ।
अधिवेशनले नौ बुँदे लुम्बिनी घोषणापत्र समेत जारी गरेको छ । घोषणापत्रमा कानुन सम्मत ढंगले सञ्चालित आमसञ्चारका माध्यमहरुको संरक्षण र सम्वद्र्धनका लागि तीनै तहका सरकारलाई विशेष प्याकेज सहितको व्यवस्था गर्न अनुरोध गर्दै लोककल्याणकारी विज्ञापनलाई नियमित र समानुपातिक ढंगले वितरणका निम्ति सरकार समक्ष आग्रह गरेको छ । यसैगरी संसद भवनमा आवश्यक मिडिया सेन्टर निर्माण गर्न तथा सूचनामा सहज पहुँचको प्रबन्ध मिलाउन माग गरिएको छ । अमृत गिरी संयोजक तथा निरा गौतम र सन्तोष सुवेदी सदस्य रहेको समितिले तयार पारेको घोषणापत्रलाई सर्वसहमतीमा पारित गरिएको थियो ।
यसअघि अधिवेशनको उदघाटन लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारकाललाल लामाले गरेका थिए ।