२४ आश्विन २०८१, बिहीबार
रेसुंगा नगरपालिकाको चौधौं नगर सभा सम्पन्न
गुल्मी ः गुल्मीकोे रेसुंगा नगरपालिकाको चौधौं नगरसभा सम्पन्न भएको छ । नगर सभामा नगर प्रमुख खिलध्वज पन्थीले आर्थिक वर्ष २०८०÷८१ मा हालसम्म भएका कामहरुको बारेमा प्रगति बिबरण प्रस्तुत गर्नु भएको छ ।
नगर सभामा विधायन समिति संयोजक कृष्णप्रसाद पाण्डेद्वारा प्रस्तुत नगरपालिकाको संस्था दर्ता विधेयक, २०८० र नगरपालिकाको जनस्वास्थ्य बिधेयक, २०८० सर्वसम्बत रुपमा पास भएको नगर प्रमुख पन्थीले बताउनु भयो । सभामा नगर प्रमुख पन्थीले रेसुंगा नगरपालिकाको संबृद्धि एवं विकासका लागि सुशासनदेखि कृषि, शिक्षा, स्वास्थ्य, सडक, भवन, खानेपानी लगायतका दर्जनौ मुख्य मुख्य कामहरुलाई प्रमुख प्राथमिकतामा राखेर कार्य सम्पादन गरिरहेको जानकारी गराउनु भएको छ ।
उहाँले समुन्नत रेसुंगा हाम्रो सान, उत्कृष्ट नगर सबैको पहिचान भन्ने मूल नाराका साथ कार्य प्रारम्भ गरेको भन्दै गुल्मी अस्पताल मेरो अस्पताल, जाउँ हिँड रेसुंगा लगायत पर्यटन प्रवद्र्धनका अतिरिक्त नगरको विकासका लागि सबैसँग हातेमालो गर्दै अघि बढीरहेको समेत बताउनु भएको छ ।