५ भाद्र २०८३, शुक्रबार
गुल्मीमा बादर धपाउने क्रममा लडेर महिलाको मृत्यु
गुल्मी, ५ भदौ । गुल्मीमा बादर धपाउने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रेसुङ्गा नगरपालिका–७ कुडापानी निवासी –५५ वर्षीया कमला पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
धाईते पाण्डेको उपचारको क्रममा शुक्रबार बेलुकी साँझ ६ः१५ बजे गुल्मी अस्पताल तम्घासमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक बिरेन्द्र बीर बिश्वकर्माले जानकारी दिनुभएको छ ।
उहाँ स्थानीय निउरेनी जङ्गलको गोरेटो बाटोबाट चिप्लिएर करिब २५ मिटर तल खसी खसेर गंभिर घाइते हुनुभएको थियो । घाईते पाण्डेको शरिरको भित्री भागमा गंभिर चोट लागेको थियो । घटनाबारे स्थानीयले जिल्ला प्रहरी कार्यालय गुल्मीमा जानकारी गराएपछि प्रहरी सहायक निरीक्षक विष्णु बहादुर पाण्डेको नेतृत्वमा सात जनाको प्रहरी टोली तत्काल घटनास्थलमा खटिएको थियो ।
लडेर घाईते हुनुभएकी पाण्डेलाई प्रहरीले तत्काल उद्धार गरी उपचारका लागि गुल्मी अस्पताल तम्घास पु¥याएको थियो । मृतकको शवलाई अहिले गुल्मी अस्पताल तम्घासमा राखिएको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


