२४ आश्विन २०८१, बिहीबार
गुल्मीको धार्मिक क्षेत्र कालीगण्डकीमा स्नान गर्न दिनभर श्रद्धालुको घुँईचो
जनार्दन घिमिरे
गुल्मी, माघ १ । मकर सङ्क्रान्तिको दिन आज गुल्मीको पबित्र धार्मिक स्थल कालीगण्डकीमा दिनभर श्रद्धालुहरुको भिड लाग्यो । कालीगण्डकी नदीमा स्नान गर्नका लागि गुल्मी लयायत छिमेकी जिल्लाहरुवाट मानिसहरुको बाक्लो उपस्थीति रहेको थियो ।
मानिसहरु बिहानैदेखि बेलुका अबेरसम्म नदीको टटीय क्षेत्रमा स्नान गरिरहेका देखिन्थे । रुरुक्षेत्रमा रहेको काली गण्डकी नदीमा स्नानगरि मानिसहरु नजिकै रहेको भगवान हृषीकेश मन्दिरमा पुजाआजा गर्न जानेहरुको पनि दिनभर उत्तिकै भीड लागेको थियो । मानिसहरुको बाक्लो उपस्थितिका कारण सुरक्षाकर्मीहरुलाई भीड ब्यवस्थापन गर्न धौधौ परेको थियो ।
आजको दिन कालीगण्डकी नदिमा पुगेर स्नान गरेमा आफुले अन्जानमा गरेका सम्पूर्ण पापहरु नष्ट भई मोक्ष प्राप्ती हुन्छ भन्ने जनविश्वास छ । साथै रुरुक्षेत्र नेपालकै चारधाम मध्यको एक धाम मानिन्छ । यो पबित्र धार्मिक स्थल पुगेर पुजाआजा गर्नाले देव ऋण, पितृ ऋण र ऋषि ऋणबाट मुक्त भईन्छ भन्ने जनविश्वास छ । त्यसै जनआस्था र विस्वासका कारण कालीगण्डकीमा स्नान गर्नका लागि भारतबाट समेत भक्तजनहरु आउने गर्दछन ।
रुरुक्षेत्र गुल्मी, पाल्पा र स्याङ्जाको सँगम स्थल पनि हो । मकर सँक्रान्ति पर्वको अवशरमा रुरुक्षेत्रमा जिल्ला स्तरी कृषि मेला प्रर्दशनीको आयोजना गरिएको छ । स्थानीय रुरुक्षेत्र गाउँपालिका, सत्यवती गाउँपालिका, छत्रकोट गाउँपालिका, कृषि ज्ञानकेन्द्र र प्रधानमन्त्री तथा कृषि आधुनिकिकरण परियोजनाको संयुक्त आयोजनामा रैथानेवाली संरक्षणका लागि प्रर्दशनी राखिएको हो । प्रर्दशनीमा स्थानीय सुन्तलाजात फलफुल, तरकारी, खाद्यान्नवाली तथा विउवीजन लगायतका स्थानीय रैथाने वस्तुहरुको प्रर्दशन गरिएको छ ।
मकर सँक्रान्तिको अवशरमा आजदेखि रुरु क्षेत्रमा छ दिनसम्म रिडी मेला समेत शुरु भएको छ । स्थानीय रुरु फ्रेण्ड्स क्लव लगायत आधादर्जन संघ सस्थाहरुको आयोजनामा सञ्चालित मेलामा विशेषगरि उनबाट बुनेका कम्मल, काम्ला, राडी–पाखी लगायत बाँस तथा चोयावाट निर्मित सामग्रिहरु, ओखरका घाँजी, गुँड, सुन्तला लगायतका वस्तु बिक्रिका लागि राखिएको छ । मेला अबधिभर यस्ता प्रकारका वस्तुहरुको यस क्षेत्रमा राम्रो व्यापार हुने गर्दछ । मेलामा व्यापार गर्न प्यूठान, वाग्लुङ्, रुकुम, रोल्पा लगायतका ठाउँवाट समेत व्यापारीहरु रिडी आईपुगेका छन ।
रिडी क्षेत्रमा निर्माण भएको तीनमुखे झोलुङ्गे पुल हेर्न र घुम्नका लागि पनि दिनभर मानिसहरुको भीड लागको थियो । कालीगण्डकीको संगम स्थल रिडीमा गुल्मी, पाल्पा र स्याङ्जा जिल्लालाई जोडनका लागि संघिय सरकारको सहयोगमा दुई वर्ष अघि तीनमुखे झोलुङ्गे पुल निर्माण भएको छ । पुल निर्माणपछि यस क्षेत्रमा आउने पर्यटकहरुको सख्या पनि बढ्दै गएको बताईएको छ ।
गत वर्षको तुलनामा यस पटक मकर सँक्रान्ति मेलामा आउने श्रद्धालुहरु धेरै देखिएका थिए । गुल्मीमा विषेशगरि जेठी, माईली र कान्छी सँक्रान्ति गरि तीन दिनसम्म मकर सँक्रान्ति पर्व मनाउने प्रचलन रहेको छ ।