गुल्मी अस्पतालमा बिहान ९ बजेबाटै ओपिडी सेवा सुरु

admin

२०८० माघ ५ गते, शुक्रबार ०८:३६ मा प्रकाशित

अनिल खत्री

५ माघ, गुल्मी । गुल्मी अस्पतालमा बिहान ९ बजेबाटै ओपिडी सेवा सुरु गरिएको छ । बिरामीको चाप र दिउँसो गाउँगाउँमा पुग्ने सवारीहर छुटने भन्दै सेवाग्रही आत्तिने हुँदा केहि अघिबाट बिहान ९ बजेबाट सेवा दिन सुरु भएको अस्पतालका वरिष्ठ  मेडिकल सुपरिन्टेन्डेन्ट डा. किशोर बन्जाडेले बताउनुभयो  ।

सरकारी अस्पतालमा बिहान १० बजेपछि मात्रै ओपिडी सेवा सुरु गर्ने गरिन्छ । अझै पनि यो समयलाई सेवाग्रहीको अवस्था हेरिकन थप घट गर्न सक्ने गुल्मी अस्पतालले जनाएको छ ।

भौतिक संरचनाको अभावले समस्या झेल्दै आएको गुल्मी अस्पतालको अत्याधुनिक भवन बन्न थालको छ ।  अस्पतालले पुरानो भवनमा साघुँरो कोठाहरुबाट पनि बिशेषज्ञ सेवा भने दिँदै आएको छ ।

०७१ सालमा ५० शैयामा स्तरवृद्धि भएको थियो तर भौतिक संरचनाको अभावमा पूर्ण रुपमा कार्यान्वयनमा आउन सकेको छैन् । आईसीयु, सर्जिकल, मेडिकल, चिल्ड्रेन उपचार कक्षको छुट्टा–छुट्टै व्यवस्थासहितको हुने गरि ५ तलाको नयाँ भवन बन्दैछ ।

भवन निर्माणको काम भने सुस्त गतिमा भइरहेकाले तोकिएको समयमै सम्पन्न नहुने देखिन्छ ।  गुल्मी अस्पतालमा रेसुङ्गा नगरपालिकाले गुल्मी अस्पतालमा हाडजोर्नी सेवा सुरु गर्न हाडजोर्नी बिशेषज्ञ डक्टरलाई प्रोत्साहन भत्ता अपलब्ध गराएर सेवा सुरु गरेको छ ।

नेपाल सरकारले उपलब्ध गराउने तलव बराबर नगरपालिकाले पनि प्रोत्साहन भत्ता दिएर सेवा सुरु भएको छ । सेवा सुरु भएसँगै सयौं नागरिक अहिले जिल्लामै उपचार पाउन सफल भएका छन् ।

गुल्मी अस्पतालमा अहिले प्रसुती र हाडजोर्नी बिशेषज्ञ सेवा बिस्तारले सयौं बिरामीहरुले सहजरुपमा सेवा लिन पाएका छन् । हाडी जिल्लाहरुमा बिशेषज्ञ डक्टरहरु दरबन्दी भएपनि आउन नमान्ने भएकाले सेवाग्रहीले बिशेषज्ञ सेवा लिन समस्या हुने गरेको थियो ।

गुल्मी अस्पतालमा डक्टर किशोर बन्जाडे आएपछि अस्पतालका विभिन्न क्षेत्रहरुमा सुधारका प्रयास भइरहेका छन् । गुल्मी अस्पताल मृगौला पिडितहरुका लागि डायलाइसिस सेवा बिस्तार हुने भएको छ ।

त्यसका लागि गुल्मी अस्पतालले हेमोडायलाइसिस सेवा संञ्चालनमा ल्याएको छ । जिल्ला अस्पतालमा यो सेवा नहुँदा यहाँका बिरामीहरुले अनेत्र गएर सेवा लिनुपर्ने अवस्था रहेको थियो ।

तालिम प्राप्त जनशक्ति सहित हेमोडायलाइसिस सेवा संञ्चालनका लागि तयारी भइरहेको डा. बन्जाडेको भनाइ छ । गुल्मी अस्पतालमा मृगौला पिडितहरुका लागि डायलाइसिस सेवा बिस्तार गर्न रेसुङ्गा नगरपालिकाले ५ वटा मेसिन संघिए सरकारको सहयोगमा नगरपालिकाले खरिद गरेर उपलब्ध गराएको थियो ।

मृगौला पिडितहरुको डायलाइसिस सेवा दिनका लागि गुल्मी अस्पतालबाट २ जना स्वास्थ्यकर्मीले तालिममा लिएर सेवा दिनका लागि तयारी अवस्थामा रहेको अस्पतालले जनाएको छ । यो सेवा पूर्ण रुपमा सेवा बिस्तार गर्न अस्पतालमा अझै थप जनशक्ति आबश्यक पर्ने देखिन्छ ।

जिल्लामा हालकै अवस्थामा दुई सिफ्टमा सेवा सञ्चालन गर्न सके २४ जनासम्मले सेवा लिन सक्नेछन् । जिल्लामा मृगौला पिडितहरुको डायलाइसिस सेवा नहुँदा पाल्पा बुटवल जानपर्ने अवस्था रहेको थियो ।

जिल्लाबाट यो सेवा हुँदा आर्थिक अवस्था कम्जोर बिरामीहरुका लागि ठूलो राहत हुने स्थानीय युवराज भण्डारीले बताउनुभयो ।