अनेरास्ववियु गुल्मी जिल्ला संयोजकमा अर्याल चयन 

admin

२०८० माघ ६ गते, शनिबार ०८:०५ मा प्रकाशित

 

अनिल खत्री

५ माघ, गुल्मी । नेकपा एमालेको जनवर्गीय विद्यार्थी संगठन अनेरास्ववियु गुल्मी जिल्ला संयोजकमा उदय अर्याल चयन भएका छन् । शुक्रबार सम्पन्न अनेरास्ववियु गुल्मीको भेलाबाट जिल्ला संयोजक अर्यालको नेतृत्वमा जिल्ला सम्मेलन आयोजक कमिटी चयन गरिएको हो ।

यश अघि जिल्ला उपाध्यक्ष रहेका अर्याल जिल्लामा अनेरास्ववियुको संगठन बिस्तारमा ०६५ सालदेखि क्रियाशील छन् । विभिन्न समयमा विद्यार्थी आन्दोलन र राजनीतिक परिवर्तनको पक्षमा चल्ने आन्दोलनमा उनी विद्यार्थीको तर्फबाट नेतृत्व गर्दै आएका छन् ।

कामलाई अनुशासित ढंगले इमानदारीपूर्वक गर्ने क्षमता बोकेका अर्याल विभिन्न सामाजिक कार्यमा समेत क्रियाशील छन् ।

जिल्ला सम्मेलन आयोजक कमिटीको सह-संयोजकमा आशिष गौतम, नीलकण्ठ पाण्डेय, कार्यालय सचिवमा निशान टण्डन रहेका छन् । कार्यालय सदस्यहरुमा सरोज ढेंगा, प्रदीप भण्डारी, सृजना गिरी, नमूना थापा तथा सदस्यहरु – इन्दु बन्जाडे, मनसुन विक रहेका छन् ।

त्यस्तै लक्ष्मी ज्ञवाली, यमुना ज्ञवाली, गणेश श्रेष्ठ, प्रदीप ज्ञवाली, सन्तोष सनारी, भरतमोहन मरासिनी, भगवती रायमाझी, बबिता थापा, निर्मला घिमिरे चयन भएका हुन् । सम्मेलन आयोजक कमिटीले जिल्लामा विद्यार्थी संगठनको बिस्तार र उचित समयमा जिल्ला अधिवेशन गर्नेछन् ।