शताब्दी पुरुषद्वारा ‘पुराणमा के छ ?’ पुस्तक विमोचन 

admin

२०८० माघ १३ गते, शनिबार २१:५० मा प्रकाशित

अनिष पन्थी

गुल्मी १३ माघ । गुल्मीका शताब्दी पुरुष पण्डित परशुराम पन्थी उपाध्यायद्वारा “पुराणमा के छ?’ नामक पुस्तक विमोचन गर्नु भएको छ। सदरमुकाम तम्घासमा आयोजित एक कार्यक्रमका बीच उक्त पुस्तकको विमोचन गरिएको हो ।

जिल्लाको रेसुङ्गा नगरपालिका -९ का स्थानीय शताब्दी पुरुष पन्थीले विमोचित पुस्तकलाई नेपाली भाषामा उल्लेख गरिएको छ ।

पुस्तक विमोचन कार्यक्रममा राजनितीज्ञ छन्द बहाहुर पहराईले पुराणमा के छ भन्ने बिषयमा प्रकाश पार्नु भएको थियो । उहांले हामीले धर्मलाई बलियो बनाएमा मात्र धर्मले हामीलाइ बलियो बनाउने बताउनु भएको थियो ।

कार्यक्रममा रेसुङ्गा बहुमुखी क्याम्पसका पुर्व प्रध्यापक शशी पन्थीले पनि पुस्तकको बारेमा प्रकाश पार्दै वेद, पुराण, साहित्य प्रती अहिले बर्तमान अवस्थामा युवाहरुले पनि चासो दिदै गएको बताउनु भयो।

रेसुङ्गा नगरपालिका-३ का कृष्ण बहादुर कॅुवरद्वाका लिखित धार्मिक किताब पुराणमा के छ ? विमोचन समारोहमा स्थानीय बिभिन्न संघ सस्थाका प्रतिनिधि सहित विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।