धुर्कोटको आधारभूत अस्पताल १५ शैयामा स्तरोन्नती

admin

२०८० माघ १५ गते, सोमबार ०८:४९ मा प्रकाशित

धुर्कोटको आधारभूत अस्पताल १५ शैयामा स्तरोन्नती

जनार्दन घिमिरे

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका –६ अन्र्तगत रजस्थलमा रहेको धुर्कोट आधारभूत अस्पताललाई १५ शैयामा स्तरोन्नती गरिएको छ । गाउँपालिकाले आन्तरिक रुपमा जनशक्ति व्यवस्थापन गरी अस्पताललाई स्तरोन्नती गरेको हो ।

अस्पताल १५ शैयामा स्तरोन्नती गरेसँगै अब अस्पतालमा आएका बिरामीहरुलाई भर्ना गरेर २४ सै घण्टा सेवा प्रदान गर्न सकिने र आकस्मिक बिरामीहरुलाई पनि थप सहज पुग्ने धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले बताउनु भएको छ ।

अस्पतालको स्तरोन्नती भएसँगै अन्तरंग सेवा पनि थप हुने अस्पतालले जनाएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले एक कार्यक्रमका बीच १५ शैयाको अस्पतालको सेवा सुभारम्भ गर्दै प्रदेश सरकारले सबै जिल्लाका पालिकामा १५ शैयाको अस्पताल संचालनका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्ने बताउनु भयो ।

अस्पताल १५ शैयामा स्तरोन्नती भएसँगै चारजना जनशक्ति थप गर्नुपर्ने हुन्छ । हाललाई उक्त जनशक्ति पालिकाले आन्तरिक रुपमा व्यवस्थापन गरेको छ । धुर्कोट आधारभूत अस्पतालमा धुर्कोट गाउँपालिकाका साथै मदाने र मालिका गाउँपालिका लगायतका स्थानका नागरिकले सेवा प्राप्त गर्न सक्नेछन । उक्त अस्पतालबाट हाल प्रसुती सेवा, ल्याब सेवा, ओपिडी सेवा लगायतका आधारभूत सेवाहरु प्रवाह भइरहेका छन् ।

कार्यक्रममा अस्पताल निर्माण गर्न जग्गा उपलब्ध गराउने एवं अन्य विभिन्न क्षेत्रबाट अस्पतालको विकासमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान समेत गरिएको छ । त्यसैगरी भवन निर्माण, एम्बुलेन्स खरिद, जनशक्ति व्यवस्थापन, मेडिकल सामग्री व्यवस्थापन लगायतका कार्यमा सहयोग गर्ने विभिन्न व्यक्ति र कर्मचारीहरुलाई समेत सम्मान गरिएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष देवेन्द्र भण्डारीले जानकारी दिनु भएको छ ।

धुर्कोटमा आधारभूत अस्पताललाई १५ शैयामा स्तरोन्नती गरिएसँगै त्यस क्षेत्रका नागरिकहरुमा थप उत्साह थपिएको छ ।