गुल्मी तम्घासको आयुर्वेद पसलमा प्रशासनको सिल

अनिल खत्री

२०८० माघ १५ गते, सोमबार १८:१४ मा प्रकाशित

१५ माघ, गुल्मी । गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा रहेको सम्पन्न आयुर्वेद पसलमा जिल्ला प्रशासन कार्यालय गुल्मीले सिल गरिदिएको छ ।अधिकार क्षेत्र भन्दा बाहिर रहेर गम्भीर प्रकृतिका बिरामी हेर्ने, औषधि वितरण गर्ने र प्रयोगशाला संचालन गरेको पाइएपछि प्रशासनले शिल गरिदिएको हो ।

सोमबार जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत नारायण घर्तीको नेतृत्वमा गएको टोलीले आयुर्वेद सिल गरेको हो ।

आयुर्वेद पसलले आठ कोठामा औषधि, प्रयोगशाला र बिरामी कुरुवा कक्ष सञ्चालन गरेको पाइएपछि तत्कालका लागि उक्त पसललाई सिल गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए स्थानीय जनप्रतिनिधि रेसुंगा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष निरञ्जन काउछाको रोहबर, जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालयका प्रतिनिधि र प्रहरी समेतले आयुर्वेद सिल गरेको हो ।

आयुर्वेद शिलपछि टोलीले थप अनुसन्धान समेत गरिने प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।