गुल्मीमा सामुदायीक महिला स्वयंसेवीकालाई बाख्रा उपहार

admin

२०८० माघ २९ गते, सोमबार १७:५६ मा प्रकाशित

जनार्दन घिमिरे

गुल्मी, माघ २९ । गुल्मीको मदाने गाउँपालिकामा सामुदायीक महिला स्वयंसेवीकाहरुलाई बाख्रा उपहार प्रदान गरिएको छ । मदाने गाउँपालिका वडा नं १ अन्र्तगत अग्लुङ्मा कार्यरत सामुदायीक महिला स्वयंसेविकाहरुलाई आर्थिकोपार्जनसँग जोडनका लागि बाख्रा उपहार दिईएको वडाध्यक्ष शुसिल चन्दले जानकारी दिनुभएको छ ।

गाउँमा बसेर पनि लामो समयदेखि निशुल्क रुपमा घरघरमा पुगेर स्वास्थ्य सम्बन्धि जनचेतना जगाउँदै आईरहेका स्वयंसेवीकाहरुलाई प्रत्क्षय रुपमा आयआर्जनसँग जोडनका लागि बाख्रा उपहार दिएको वडा अध्यक्ष चन्दले बताउनु भयो ।

बाख्रा उपहार पाएपछि आफुहरुमा थप उर्जा मिलेको भन्दै स्वयंसेवीका हुमा चन्दले वडाले उपहार स्वरुप दिएको बाख्राबाट आफुहरुको जीविकोपार्जनमा थप मद्दत पुग्ने बताउनु भयो । उहाँले महिला स्वयंसेवीकाहरुको समस्यालाई मनन् गर्दै वडा कार्यालयले गरेको सहयोग प्रति धन्यबाद समेत दिनुभयो ।

वडाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार विनियोजन रकमबाट उक्त वडाका दश जना सामुदायीक महिला स्वयंमसेवीकाहरुका निशुल्क रुपमा उपहार रुवरुप बाख्रा बितरण गरिएको हो । गत वर्ष वडा कार्यालयको तर्फवाट सामग्रिहरु सुरक्षित गर्नको लागि भन्दै स्वयंंसेवीकाहरुलाई उपहार स्वरुप दराज बितरण गरिएको वडाध्यक्ष चन्दले बताउनु भयो ।