गुल्मी जिल्ला समाज यूकेद्वारा गुल्मीको अटिजम पाठशालाई आर्थिक सहयोग

admin

२०८० फाल्गुन १२ गते, शनिबार ०६:३५ मा प्रकाशित

गुल्मी जिल्ला समाज यूकेद्वारा गुल्मीको अटिजम पाठशालाई आर्थिक सहयो

मनु सुनार, गुल्मी ।

गुल्मीमा एक दिने निःशुल्क होमियोप्याथिक स्वास्थ्य शिविर अटिजम पाठशालामा गरिएको छ । होमियोप्याथी फाउन्डेसन नेपाल भक्तपुरको सहयोग तथा अटिजम पाठशाला रुरुक्षेत्र गाउँपालिका–१ रिडी रातामाटाको आयोजनामा एक दिने निःशुल्क होमियोप्याथिक स्वास्थ्य शिविर अटिजम पाठशालामा सम्पन्न गरिएको हो ।

शिविरमा होमियोप्याथिक डाक्टर अम्बिकाप्रसाद ज्ञवालीद्वारा अटिजमका समस्या तथा अन्य समस्या भएका २० जना बालबालिकाको स्वास्थ्य परिक्षण गरी निःशुल्क औषधी वितरण गरिएको थियो ।

डा.ज्ञवालीले भन्न्नुभयो,–‘अपाङ्गता भएका व्यक्तिहरुमा कुनै न कुनै प्रकारको बिशेष क्षमता लुकेको हुन्छ । त्यो क्षमतालाई उजागर गर्नका लागि हामीले सहयोग गर्नुपर्छ ।’ उनीहरुका अगाडी प्रस्तुत गरिने हरेक व्यवहारहरुमा पनि बिशेष ख्याल पु¥याउनुपर्ने डा.ज्ञवालीको भनाई छ ।

सोही अवसरमा गुल्मी जिल्ला समाज यूकेले अटिजम पाठशालालाई जग्गा खरिदका लागि रु.दुई लाख र सोही प्रायोजनका लागि गुल्मी जिल्ला समाज यूकेका सल्लाहकार मोति भण्डारीले रु.दुई लाख समेत प्रदान गर्नुभएको छ । रकम हस्तान्तरण गर्दै भण्डारीले आगामी दिनमा पनि सो संस्थाको सहयोगका लागि निरन्तरता दिने बताउनुभयो ।

वडाअध्यक्ष नवराज विश्वकर्माले गाउँपालिका तथा प्रदेश सरकारबाट भवन निर्माण लगायतका संरचनाका लागि सहयोग गरिएको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका विश्वकर्माले आगामी दिनमा पनि आवश्यक सहयोग गर्दै जाने बताउनुभएको छ ।

सो पाठशालामा गाउँपालिका र लुम्बिनी प्रदेशको सहयोगमा पाँच कोठे भवन निर्माण भएको थियो । अहिले रुरुक्षेत्र गाउँपालिकाको सहयोगमा हल निर्माण भएको छ । अटिजम भएका विद्यार्थीहरुका लागि तालिमप्राप्त दक्षजनशक्ति र आवश्यक प्रविधिको अभाव रहेको अटिजम पाठशालाका संस्थापक विष्णुप्रसाद भण्डारीले बताउनुभयो ।

संस्थाका जेष्ठ सदस्य तुल्सीकुमारी श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रममा रुरुक्षेत्र गाउँपालिका–१ का अध्यक्ष नवराज विकको प्रमुख आतिथ्यता तथा होमियोप्याथी फाउन्डेसनका डाक्टर अम्बिकाप्रसाद ज्ञवाली र गुल्मी जिल्ला समाज यूकेका सल्लाहकार मोति भण्डारीको बिशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा गुल्मी जिल्ला समाज यूकेबाट आउनुभएका समाजसेवी राजु राणा मल्ल, शुशिला भण्डारी, त्रिभुवन विश्वविद्यालयका प्रध्यापक डा.रामेश्वर वजिमय, डा.विष्णुप्रसाद गौतम लगायत संस्थाका आजिवन सदस्यहरु, अक्षयकोषदाताहरुको उपस्थिति रहेको थियो ।

संस्थाका प्रमुख अमृत कंडेलको स्वागत मन्तव्य रहेको कार्यक्रममा डा.अम्बिका प्रसाद ज्ञवाली, मोती भण्डारी, डा.राजेश्वर वजिमय र डा.विष्णुप्रसाद गौतमले संस्थाको प्रगतिको लागि शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रमको सञ्चालन संस्थाका संस्थापक विष्णु प्रसाद भण्डारीले गर्नुभएको थियो । २०७४ सालमा स्थापना भएको यस जिल्लाको एकमात्र अटिजम पाठशालामा अहिले ९ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।