२४ मंसिर २०८१, सोमबार
राजनैतीक स्थायीत्वका लागि गठबन्धनको आवश्यकता,उपाध्यक्ष थापा
राजनैतीक स्थायीत्वका लागि गठबन्धनको आवश्यकता,उपाध्यक्ष थापा
गुल्मी, २५ फागुन । नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष एवं पुर्व गृहमन्त्री राम बहादुर थापा बादलले देशमा उत्पन्न राजनैतिक अस्थीरताको उपजका कारण एमालेले माओवादी सहितका दलहरुसँग नयाँ गठबन्धन गर्नु परेको बताउनु भएको छ । उहाँले देशमा उत्पन्न अस्थीर राजनीतिलाई स्थीरतामा लैजान र मुलुकको अर्थतन्त्रलाई संकटपुर्ण अबस्थाबाट जोगाउनका लागि गठबन्धन आवश्यक रहेको बताउनु भयो ।
प्रेस चौतारी नेपाल गुल्मीले शुक्रबार सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता थापाले काँग्रेस‐माओवादी सहितको गठबन्धन सरकारले देशमा आर्थिक अबस्था संकटमा पारेको र त्यसबाट देशलाई मुक्त गर्नका लागि पनि गठबन्धनको बिकल्प नरहेको बताउनु भयो ।
नयाँ गठबन्धनले राजनीतिक स्थीरतासँगै, सामाजिक एवं साँस्कृतिक अराजकताकोे संकटपूर्ण अबस्थावाट जोगाउँदै मुलुकलाई संमृद्धिको यात्रामा लैजाने प्रमुख प्राथमिकता रहेको बताउनु भयो । नयाँ गठबन्धनले एमालेलाई नयाँ चुनौती र अबशर दुबै आएको भन्दै उपाध्यक्ष थापाले यो गठबन्धनलाई थप बलियो बनाएर लैजानु पर्नेमा जोडदिनु भयो ।
बिगतमा बनेको बाम गठबन्धन सरकार भत्काउनकालागि पुँजीवादीहरु सफल बनेको अबस्थामा यस पटक पनि नयाँ गठबन्धन भत्काउनका लागि विदेशी शक्तिहरुको चलखेल हुनसक्ने संशय समेत व्यक्त गर्नु भयो । सत्ता र संघर्ष अबिरल रुपमा चलिरहने नियमित प्रक्रिया भएको भन्दै केन्द्रीय उपाध्यक्ष थापाले देशको प्रगति र रक्षाका लागि सत्ता अपरिहार्य साधन भएको बताउनु भएको छ ।
सदरमुकाम तम्घासमा सनिबारदेखि शुरुहुन गैरहेको लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपाल लुम्बिनी प्रदेश कमिटीको दोश्रो अबिधेशनका लागि केन्द्रिय उपाध्यक्ष थापा शुक्रबार गुल्मी आईपुग्नु भएको हो । थापासँगै स्थायी कमिटी सदश्य भानुभक्त ढकाल, पोलिटब्यूरो सदश्य सुर्य थापा लगायतका केन्द्रीय नेताहरुको पनि सहभागिता रहेको छ ।